Hamro Koshi Aawaj

बिहिबार, कार्तिक १९ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

पूर्ण लकडाउन नगरेको स्वीडेनबाट हामीले केही सिक्दैनौं ?

हाम्रो कोशी आवाज
जेष्ठ ११ २०७८, मंगलबार
पूर्ण लकडाउन नगरेको स्वीडेनबाट हामीले केही सिक्दैनौं ?

धरानः स्वीडेनले यसबीच आफ्नो अर्थतन्त्रलाई बन्द गरेन । कामदारलाई घरमा थुनेर राखेन । त्यसैले अहिले त्यो देश नेपाल जस्तो वैदेशिक ऋण खोज्दै हिँडिरहेको छैन । कोरोना भाइरससँग लड्न त्यहाँका नागरिकमा प्रतिरोधी क्षमता विकास हुँदै छ । भविष्यमा पनि यसको त्रासबाट उनीहरू मुक्त बन्दै छन् । खोपको विकास होस् वा नहोस् त्यो बारे कुनै मतलब छैन स्वीडेनलाई ।
अहिले जारी लकडाउनको खास उद्देश्य के हो ? जवाफ सहज छ– मानिसलाई कोरोना भाइरसबाट सङ्क्रमित हुनबाट रोक्ने । तर, पछिल्लो एक अध्ययन रिपोर्टले दाबी गरेको छ– जबसम्म ७० प्रतिशत जनसंख्या कोरोना भाइरसबाट सङ्क्रमित हुँदैनन् तबसम्म यो महामारी रोकिने छैन । अनि त्यो अवस्था आउन दुई वर्ष लाग्न सक्छ ।
त्यसो भए यो लकडाउन कहिलेसम्म ? यो प्रश्नको जवाफ सजिलो छैन किनकि कोरोनाबाट बच्न भन्दै लागु गरिएको यो लकडाउन नै आफैँमा गलत छ । अर्थात्, हामी कोरोना सङ्क्रमणको त्रासमा घरमा लुक्दैमा यो सङ्कटबाट मुक्ति पाइने छैन । बरु, अन्य सङ्कट अझ गहिरिने पक्का छ । जीवन झन् कष्टकर बन्नेछ । रोगले होइन भोकले मर्ने अवस्था आउने निश्चित छ ।
कोरोना भाइरसको यो महामारी कम्तीमा पनि अबको दुई वर्ष रहने अनुसन्धानकर्ताहरुले अनुमान गरेका छन् । के यो पुरै अवधि अर्थात् कोरोनाको खोपको अनुसन्धानमा लागेका वैज्ञानिकले भने झैँ अझै डेढ वर्ष यस्तै लकडाउनमा बस्न सम्भव छ ? घरमा लुकेर कोरोनालाई आफ्नो छेउ नै पर्न दिन्न भन्ने कुरा अझै कति दिनसम्म व्यवहारिक देखिएला ?
अनि त्यसपछि के गर्ने ? हो, यो आलेखमा यही अत्यधिक जटिल प्रश्नको जवाफ खोज्ने प्रयास पनि गरिएको छ । त्यो जवाफ खोज्न पहिले यो प्रश्नमाथि मन्थन गरौैं:

के हो हाम्रो प्राथमिकता ?
के मानिसहरूलाई कोरोना भाइरसको सङ्क्रमणबाट जोगाउनु मात्रै हाम्रो प्राथमिकता हो ? वा, हामीले यसअघि उपभोग गर्दै आएको आर्थिक गतिविधिको स्वतन्त्रता, मेहनत र परिश्रमको बलमा जीवन बाच्ने अवसरको रक्षा खासमा आजका हाम्रा प्राथमिकता हुन् ? पक्कै पनि गरिखाने वातावरण निर्माणको खाँचो अहिले छ । जसले हामीलाई दुई छाक गाँस अनि जस्तोसुकै भए पनि बास र कपासको प्रत्याभूत गर्ने आशा गर्न सकिन्छ ।
हाम्रो उद्देश्य नै जीवन सामान्यतर्फ फर्काउने हुनुपर्छ । मास्कले मुख ढाक्नु, हातमा पन्जा लगाउनु, दैनिक मान्छे मरेको र सङ्क्रमित भएको अपडेट सुन्नु, सेल्फ आइसोलेशन र सामाजिक दुरी कायम गरेर बस्नु जस्ता बाध्यताबाट बाहिर निस्कनु पर्छ । यो किन जरुरी छ भने हामी अर्थतन्त्रलाई यसरी बन्द गर्न सक्दैनौ । दैनिकरुपमा बेरोजगारी बढाउन सक्दैनौ । साना र मध्यम स्तरका व्यवसायलाई संधैको लागि बन्द गर्ने अवस्था आउन दिन सक्दैनौ । यस कारण मानिसलाई सङ्क्रमित हुन नदिने प्राथमिकता अब बदल्नु पर्छ । अनि जनसंख्याको एउटा हिस्सालाई सङ्क्रमणको आगोमा धकेल्ने आँट गर्नु पर्छ ।
यहाँ भन्न खोजेको यो हो कि हामी जतिसक्दो चाँडो सामान्य अवस्थामा फर्कनु पर्छ । हाल कोरोना सङ्क्रमणको केन्द्रबिन्दु बनेका स्थान बाहेक अन्य ठाउँको लकडाउन तुरुन्तै हटाउनु पर्छ । हाम्रा दिनचर्याहरू पूर्ववत् सुचारु गर्नु पर्छ । हो, हामीलाई कोरोना सङ्क्रमणको सम्भावना हुन्छ तर त्यसलाई स्वीकार्नुपर्छ ।
यसकारण लकडाउन झनै प्राणघातक
श्रम गरेर बाँच्ने वर्गको लागि अहिले जारी गरिएको लकडाउन नै सर्वाधिक घातक बनेको छ । मानौँ लकडाउन अवधिभर त सरकारले राहत दिएर बचाउला तर त्यसपछि के उनीहरूले जीवनयापन गर्न सक्ने अवस्था तुरुन्तै बन्छ ? लकडाउन अझै कायम रहे त्यो देखिँदैन । साना र मझौला उद्योग, व्यवसाय पूर्ण रूपमा बन्द हुँदा स्थिति भयावह हुनेछ ।
यदि कोरोनाको सङ्कट टरेपछि हामी सहजतामा जाने र त्यो बेलासम्म पर्खने भन्ने हो भने स्पष्ट छ त्यो अर्को मुख्र्याइँ ठहर्ने छ । कोरोनाको सङ्क्रमणको स्थिति त्यो बेलासम्म रहन्छ जबसम्म यसविरुद्ध खोपको विकास हुँदैन । विज्ञहरूले नै बताइरहेका छन् कि खोप बन्न अझै कम्तीमा १८ महिना देखि दुई वर्षसम्म लाग्नेछ ।
अझ त्यो भन्दा गम्भीर कुरा त यो छ कि अनुसन्धानकर्ताहरू भनिरहेका छन्, ‘जबसम्म बहुसंख्यक जनसंख्यामा कोरोना प्रतिरोधी क्षमता विकास हुँदैन तबसम्म यसको सङ्क्रमण नियन्त्रणमा आउँदैन ।’ अमेरिकाको मिनिसोटा विश्वविद्यालयका अनुसन्धानकर्ताहरुले यस्तो रिपोर्ट सार्वजनिक गरेका हुन् ।
सो रिपोर्टमा उनीहरूले स्पष्ट रूपमा लेखेका छन् जबसम्म ६० देखि ७० प्रतिशत जनसङ्ख्यामा कोरोना सङ्क्रमण हुँदैन त्यो बेलासम्म यसको महामारी रोकिँदैन । यदि त्यसो हो भने हामीले किन चाँडो त्यो क्षमता हाम्रो जनसंख्यामा विकास गर्ने तर्फ नसोच्ने ?

स्वीडेन एक उदाहरण
इटाली, स्पेन जस्ता अन्य युरोपेली मुलुक कोरोनाको ठुलो चपेटामा परिरहँदा समेत स्वीडेनले त्यहाँ पूर्ण लकडाउन गरेन । बरु, माथि प्रस्ताव गरिए झैं नियन्त्रित ढङ्गले त्यहाँ सङ्क्रमण फैलन दिइयो । त्यसैले आज स्विडेन आफ्नो जनसङ्ख्याको ठूलो हिस्सामा कोरोना प्रतिरोधी क्षमता विकास गर्न सफल भएको छ ।
स्वीडेनमा देखिएको रोचक कुरा त यो हो कि बन्दाबन्दीको कठोर निर्णय नगरेको यो मुलुकमा अहिले सङ्क्रमण घट्दोक्रममा छ । त्यहाँ २३ हजारको हाराहारीमा जम्मा सङ्क्रमित भेटिएका छन् जसमध्ये २ हजार ७ सयको ज्यान गएको छ भने ४ हजार जना निको भइसकेका छन् ।
स्वीडेनमा मार्च १ तारिकमा १ जनामा देखिएको सङ्क्रमण अप्रिल २३ तारिखसम्म आउँदा दैनिक ७ सय जनासम्म सङ्क्रमित हुने गरी फैलियो तर त्यसपछि त्यसमा तीव्र गतिमा कमी आयो । अप्रिल महिनामा अहिले दैनिक ३ सय जनामा देखिंदैछ । र, अब केही हप्तामा नै नयाँ सङ्क्रमित भेटिन छोड्ने अपेक्षामा त्यहाँका स्वास्थ्य अधिकारीहरू छन् ।
स्वीडेनले यसबीच आफ्नो अर्थतन्त्रलाई बन्द गरेन । कामदारलाई घरमा थुनेर राखेन । त्यसैले अहिले त्यो देश नेपाल जस्तो वैदेशिक ऋण खोज्दै हिँडिरहेको छैन । कोरोना भाइरससँग लड्न त्यहाँका नागरिकमा प्रतिरोधी क्षमता विकास हुँदै छ । भविष्यमा पनि यसको त्रासबाट उनीहरू मुक्त बन्दै छन् । खोपको विकास होस् वा नहोस् त्यो बारे कुनै मतलब छैन स्वीडेनलाई ।

यो उदाहरण कै आधारमा हामीले किन त्यस्तो निर्णय नगर्ने ? यो वास्तव मै गाह्रो छ, तर असम्भव होइन । पहिले हामी यो स्वीकार गरौँ कि लकडाउन गर्ने हाम्रो निर्णय गलत छ । यसको विकल्प खोजिनु पर्छ । यहाँ के कुरालाई भने ध्यानमा राख्नै पर्छ भने सङ्क्रमणको फैलावट नियन्त्रित हुनुपर्छ नत्र हाम्रो जस्तो स्वास्थ्य पूर्वाधारले त्यो धान्न सक्दैन । बरु, एक चरणमा थामी नसक्नु गरी बढ्ने सङ्क्रमणलाई थेग्ने स्वास्थ्य पूर्वाधारको विकासमा ध्यान दिऊँ ।

प्रकाशित मिति: जेष्ठ ११ २०७८, मंगलबार

प्रतिक्रिया दिनुहोस्

  • ६ अर्बको धरान-लेउती सुरुङ मार्ग फेरि चर्चामा

    धरानः सुरुङमार्गका तस्वीर तथा भिडियोहरु देख्नेवित्तिकै तपाईं हामीलाई विदेशको झल्को आइहाल्छ । र, मनमा प्रश्न उब्जिहाल्छ धरानमा पनि कहिले यस्तो बन्ला ? धरानलगायत कोशी प्रदेशबासीले...

    • ७ घण्टा अगाडी
    • ३ मिनेट पाठ
  • अब स्वास्थ्य बीमा नवीकरण स्थानीय तहबाटै डिजिटल माध्यमबाट गर्न सकिने

    धरानः स्वास्थ्य बीमा कार्यक्रममा नागरिकको सामूहिक आबद्धता तथा नवीकरण अब प्रदेश र स्थानीय तहबाटै डिजिटल माध्यमबाट गर्न सकिने भएको छ । स्वास्थ्य बीमा बोर्डले प्रदेश...

    • १ दिन अगाडी
    • २ मिनेट पाठ
  • रक्सीसँग सितन

    हामीकहाँ एउटा भ्रम व्याप्त छ, ‘रक्सीसँग सितन टन्न खानुपर्छ, धेरै हानि गर्दैन ।’ उनीहरुको बुझाइ के हो भने सितन (स्न्याक्स) खाएपछि रक्सीको असर कम...

    • ३ हप्ता अगाडी
    • ५ मिनेट पाठ
  • दशैंमा अझ सक्दो शारीरिक व्यायाम आवश्यक छ

    दशैं भन्नासाथ अझै पनि धेरैजसोले खाने, पिउने, रमाइलो गर्ने, राम्रो लगाउने भन्नेमा नै विश्वास गर्छन्। त्यही अनुसार तयारी समेत गर्छन्। पहिला–पहिला वर्षभरि मिठो परिकार...

    • ३ हप्ता अगाडी
    • ४ मिनेट पाठ
  • दशैंमा मासु कति खाने ?

    चाडपर्वको बेलामा स्वास्थ्यको हेरचाह कसरी गर्ने ? चाडपर्व आएसँगै हामीले आफ्नो स्वास्थ्यलाई विशेष ख्याल गर्नुपर्ने हुन्छ। मुख्यतः खानपानमा ध्यान दिनुपर्छ। हेभी खाना खाने र चिल्लो...

    • ३ हप्ता अगाडी
    • ५ मिनेट पाठ
  • धरानको बीपी प्रतिष्ठानका प्रा.डा. सञ्जीवकुमार शर्मा विश्वका प्रभावशाली वैज्ञानिकको सूचीमा

    धरानः धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका प्राध्यापक डा. सञ्जीवकुमार शर्मा विश्वका प्रभावशाली वैज्ञानिकहरूको सूचीमा परेका छन् । विगत २६ वर्षदेखि विभिन्न रोगमा अनुसन्धान गर्दै...

    • ३ हप्ता अगाडी
    • ४ मिनेट पाठ

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend