Hamro Koshi Aawaj

मंगलबार, कार्तिक १७ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

सरकार एक करोड खोप किन्ने तयारीमा

हाम्रो कोशी आवाज
जेष्ठ १४ २०७८, शुक्रबार
सरकार एक करोड खोप किन्ने तयारीमा

धरानः सरकारले एक करोड खोप किन्ने तयारी थालेको जनाएको छ ।
स्वास्थ्य पत्रकार मञ्चले आयोजना गरेको भर्चुअल कार्यक्रमलाई सम्बोधन गर्दै परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले खोप खरिद प्रक्रियामा रहेको बताए ।
खोप खरीदका लागि अर्थ मन्त्रालयले रु.३६ अर्बको स्रोत सुनिश्चित गरेर चीनसँग ५० लाख र अमेरिकासँग ५० लाख गरी एक करोड डोज खरीदको योजना रहेको उनले सुनाए ।
‘एक हप्तादेखि १० दिनमै तपाइँहरूले ब्रेक थ्रु भएको देख्नुहुनेछ । यो वर्षभित्रै लक्षित बर्गलाई खोप लगाउनेछौं ।’
अनुदानमा आउने खोपको भर पर्दा लामो समय लाग्ने भएकाले सरकारले खोप खरीदमा जोड दिएको उनको भनाइ छ । पहिलो डोज कोभिशिल्ड खोप लगाएका ६५ वर्षभन्दा माथिका १४ लाख नागरिकका लागि पहिलो विकल्पका रुपमा भारतसँग उच्च तहमा कोभिशिल्ड खोप उपलब्ध गराउन आग्रह गरिएको छ । मन्त्री ज्ञवालीका अनुसार उच्च तहमा कुरा गरेर १७ लाख डोज खोप माग गरिएको छ ।
खोप भित्राउनका लागि अमेरिका, बेलायत र जर्मनीसँग पत्राचार भइरहेकोउ उनले बताए । त्यसैगरी राष्ट्रपति विद्यादेवी भण्डारी र चीनका राष्ट्रपति सि चिनफिङबीच भएको वार्ताको क्रममा चीन सरकारले अनुदानमा दिने भनेको १० लाख डोज खोप नेपाल आउने पक्रिया शुरू भएको छ । १० लाख मध्ये दुई लाख डोज तिब्बतबाट तीन दिनभित्र आउने र बाँकी आठ लाख वेइजिङबाट १९ जेठसम्म आइपुग्ने मन्त्री ज्ञवालीले बताए ।

प्रकाशित मिति: जेष्ठ १४ २०७८, शुक्रबार

प्रतिक्रिया दिनुहोस्

  • रक्सीसँग सितन

    हामीकहाँ एउटा भ्रम व्याप्त छ, ‘रक्सीसँग सितन टन्न खानुपर्छ, धेरै हानि गर्दैन ।’ उनीहरुको बुझाइ के हो भने सितन (स्न्याक्स) खाएपछि रक्सीको असर कम...

    • २ हप्ता अगाडी
    • ५ मिनेट पाठ
  • दशैंमा अझ सक्दो शारीरिक व्यायाम आवश्यक छ

    दशैं भन्नासाथ अझै पनि धेरैजसोले खाने, पिउने, रमाइलो गर्ने, राम्रो लगाउने भन्नेमा नै विश्वास गर्छन्। त्यही अनुसार तयारी समेत गर्छन्। पहिला–पहिला वर्षभरि मिठो परिकार...

    • २ हप्ता अगाडी
    • ४ मिनेट पाठ
  • दशैंमा मासु कति खाने ?

    चाडपर्वको बेलामा स्वास्थ्यको हेरचाह कसरी गर्ने ? चाडपर्व आएसँगै हामीले आफ्नो स्वास्थ्यलाई विशेष ख्याल गर्नुपर्ने हुन्छ। मुख्यतः खानपानमा ध्यान दिनुपर्छ। हेभी खाना खाने र चिल्लो...

    • २ हप्ता अगाडी
    • ५ मिनेट पाठ
  • गाँजाको अवैध तस्करीः चुनौतीपूर्ण बन्दै

    धरानः नेपालमा गाँजा खेतीलाई वैधानिकता दिने विषयमा नीतिगत बहस र छलफलहरू चुलिए तापनि व्यावहारिक रूपमा भने अवैध उत्पादन, प्रशोधन र तस्करी दिनानुदिन भयावह बन्दै...

    • ३ हप्ता अगाडी
    • ५ मिनेट पाठ
  • धरानको बीपी प्रतिष्ठानका प्रा.डा. सञ्जीवकुमार शर्मा विश्वका प्रभावशाली वैज्ञानिकको सूचीमा

    धरानः धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका प्राध्यापक डा. सञ्जीवकुमार शर्मा विश्वका प्रभावशाली वैज्ञानिकहरूको सूचीमा परेका छन् । विगत २६ वर्षदेखि विभिन्न रोगमा अनुसन्धान गर्दै...

    • ३ हप्ता अगाडी
    • ४ मिनेट पाठ
  • अब भूमिहीन सुकुम्बासीलाई जग्गा बाँड्न कानुनी गाँठो फुक्यो

    धरानः भूमिहीन नागरिकको वर्षौंदेखिको समस्या समाधान गर्ने तथा विद्यमान कानुनी अवरोध हटाउने उद्देश्यका साथ राष्ट्रपति रामचन्द्र पौडेलले भूमि र वनसम्बन्धी दुई अध्यादेश जारी गरेका...

    • ३ हप्ता अगाडी
    • ५ मिनेट पाठ

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend