Hamro Koshi Aawaj

शनिबार, कार्तिक २१ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानकी शिव वान्तवाको सहयोग

हाम्रो कोशी आवाज
असार ६ २०७८, आइतबार
धरानकी शिव वान्तवाको सहयोग

धरानः धरान–११ निवासी समाजसेवी शिव बान्तवा (शिव नाना) ले धरानका विभिन्न स्थानमा सहयोग गरेकी छिन् ।
धरान–१६ स्थित नौलो वस्तीमा एक स्थानीयको घर पछाडि सुँगुरको खोरमा बस्दै आई हाल नयाँ भाडाको घरमा सारिएका दुर्गाबहादुर याक्खालाई बान्तवाले एउटा खाट प्रदान गरेकी छिन् । तत्कालका लागि याक्खालाई आधारभूत सहयोग जुटिसकेको होप धरानका अध्यक्ष निस्चल पलिखेले जानकारी दिए ।
यस्तै, धरान–१५ श्यामचोक तल सुगुरको खोरमै बस्दै आएको परिवारलाई एक थान खाट, सिरक, डसना सिरानी र झुल वितरण गरिएको उनले बताइन् । यस्तै, धनकुटा मूलघाटस्थित वृद्धाआश्रममा खाद्यान्न वितरण गरिएको उनले बताइन् ।
यस्तै, धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको कोभिड अस्पताल उपचाररत विरामीहरुका कुरुवालाई ६० कार्टुन मिनरल वाटर प्रदान गरेकी छिन् । यसैगरी धरानको मुटु भानुचोकमा सडक बालबालिका र सडक मानवलाई बान्तवाकै आर्थिक सहयोगमा खाना (मासुभात) समेत खुवाएकी छिन् । उनले ४० जनालाई खाना खुवाएको जानकारी दिइन् ।
भानुचोकमा विगत केही समय अगाडिदेखि मानव कल्याण सेवा समाज धरानले सडक बालबालिका र सडक मानवलाई खाना खुवाउँदै आइरहेको छ । यसअघि भानुचोकमा सडक मानव थिएनन् तर पछि खाना खुवाउन थालेको भनेपछि धरानमा सडक मानव बढेका हुन् ।

 

प्रकाशित मिति: असार ६ २०७८, आइतबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend