Hamro Koshi Aawaj

शनिबार, कार्तिक २१ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरान कांग्रेसमा पनि महाधिवेशन माहौल, सभापतिमा किशोर राईको उम्मेदवारी घोषणा

हाम्रो कोशी आवाज
असार ७ २०७८, सोमबार
धरान कांग्रेसमा पनि महाधिवेशन माहौल, सभापतिमा किशोर राईको उम्मेदवारी घोषणा

धरानः धरानमा पनि नेपाली कांग्रेस १४ औं महाधिवेशन लागेको छ ।
आसन्न १४ औं महाधिवेशनका लागि धरानबाट सभापतिमा किशोर राईले उम्मेद्वारी दिएका छन् । कांग्रेसको आसन्न महाधिवेशनका लागि धरान उपमहानगर सभापतिमा कांग्रेस नेता किशोर राईले उम्मेदवारी घोषणा गरेका हुन् ।
सोमबार एक विज्ञप्ति जारी गर्दै उनले सो घोषणा गरेको जनाएका हुन् । कांग्रेस धरानका पूर्व नगर सभापति समेत रहेका नेता राईले यसपटक आफू दर्बिलो रहेको दावी गरे । ‘यसपटक म तीन चार सय मतले नै अगाडि छु र जित्छु जस्तो नै लागेको छ’, फोन सम्पर्कमा उनले भने ।
उनले धरानको विषयमा आफू अडिग रहेकोले पनि आफ्नो उम्मेद्वारी घोषणा गरेको बताए । ‘सामूहिक नेतृत्व, पार्टीलाई मजबुत बनाउने, सबै कार्यमा पारदर्शिता अपनाउने, सुशासनलाई कायम गर्ने, धरानको एजेन्डाहरुलाई सबै पार्टीसँग लबिङ गरेर एक कार्यकालमा ‘क्लियर’ गर्ने, धरानलाई नमूना शहरको रुपमा स्थापित गर्ने आफ्नो योजना छ’, उनले भने ।
उनले महाधिवेशनलाई एकताको महाधिवेशनको रुपमा लिई कांग्रेसलाई नयाँ उचाइँमा पुरयाउन साथैसबल, सक्षम र समन्वयकारी नेतृत्व चयन गर्न आग्रह समेत गरे ।
उनी धरान फुटबल क्लबलगायत विभिन्न संघसंस्थामा आवद्ध समेत छन् । पछिल्लो समय धरान कांग्रेसवृत्तमा नयाँ नेतृत्वको खाँचो रहेको नेता, कार्यकर्ताहरुले बताउँदै आएका छन् ।

 

प्रकाशित मिति: असार ७ २०७८, सोमबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend