Hamro Koshi Aawaj

मंगलबार, कार्तिक १७ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

१० हजार यौनकर्मी, एचआइभीपीडित र अनाथहरुको निःशुल्क उपचार गर्ने घोषणा

हाम्रो कोशी आवाज
असार ११ २०७८, शुक्रबार
१० हजार यौनकर्मी, एचआइभीपीडित र अनाथहरुको निःशुल्क उपचार गर्ने घोषणा

धरानः काठमाडौं मेडिकल कलेज (केएमसी) ले अब १० औं हजार यौनकर्मी, एचआइभी पीडित तथा अनाथ बालबालिकाको निःशुल्क स्वास्थ्योपचार गर्ने भएको छ । केएमसीले माइती नेपालको सिफारिसमा आउने यौनकर्मी, एचआइभी पिडित तथा अनाथ बालबालिकाहरुलाई निःशुल्क उपचार गर्ने भएको हो । विराटनगरस्थित नोवेल शिक्षण अस्पतालका सञ्चालक समेत रहेका समाजसेवी डा. शर्माको केएमसीमा प्रवेश गरेसँगै केएमसीले सामाजिक उत्तरदायित्वका विभिन्न कार्यक्रमहरु ल्याएको छ ।
घरेलु महिला हिंसा, यौनहिंसा, मानव बेचविखन, बालश्रम तथा महिला हकअधिकारका विषयमा लामो समयदेखि काम गर्दै आइरहेको माइती नेपाल र केएमसीविच शुक्रबार निःशुल्क उपचार सेवा प्रदान गर्ने सम्बन्धमा सम्झौता भएपछि १० औं हजार यौनकर्मी, हजारौं एचआइभीपीडित तथा अनाथ बालबालिकाहरुको निःशुल्क स्वास्थ्योपचारको बाटो खुलेको हो ।
‘केएमसीले अब माइती नेपालको सिफारिसमा दशौं हजार यौनकर्मी, हज्जारौं एचआइभी पिडित तथा सयौं अनाथहरुको निःशुल्क उपचार गर्नेछ ।’ यो सेवा माइती नेपालमा आबद्ध भएका सबै समुदायका लागि उपलब्ध हुने केएमसीका कार्यकारी अध्यक्ष डा. सुनिल शर्माले भने ।
सम्झौताअनुसार केएमसीले वार्षिक ५० लाख बराबरको निःशुल्क स्वास्थ्योपचार सेवा दिनेछ । केएमसीले औषधिबाहेक अस्पतालबाट प्राप्त हुने जुनसुकै प्रकारका स्वास्थ्य सेवाहरु निःशुल्क प्रदान गर्ने छ । सम्झौता पत्रमा केएमसीका तर्फबाट कार्यकारी अध्यक्ष डा. सुनिल शर्मा तथा माइती नेपालका तर्फबाट अध्यक्ष अनुराधा कोइरालाले हस्ताक्षर गरेका छन् ।

आयोजित सम्झौता हस्ताक्षर कार्यक्रममा बोल्दै केएमसीका कार्यकारी अध्यक्ष डा. सुनिल शर्माले महिला हिंसा, यौनहिंसा, मानव बेचविखन कार्यमा राष्ट्रको लागि योगदान पुर्याउँदै आएको माइती नेपालसँग सहकार्य गर्न पाउँदा खुसी लागेको बताउँदै यो सम्झौताले यौनकर्मी महिलाको स्वास्थ्य सुरक्षा, एचआइभी पिडीत र अनाथब बालबालिकाको उपचारमा टेवा पुग्ने विस्वास लिएको बताए ।
माइती नेपालकी अध्यक्ष अनुराधा कोइरालाले समाजमा विभिन्न कारणले हिंसाको शिकार भएका महिला तथा बालबालिकाहरुको उपचार तथा पुर्नस्थापनामा केएमसीले देखाएको तत्परता अनुकरणीय भएको बताइन् । राज्यले समेत उपेक्षा गरेको क्षेत्रमा निजी क्षेत्रबाट देखाएको सहकार्यले माइती नेपालको अभियानमा सहयोग पुग्ने तथा हजारौं यौनकर्मी, एचआइभीपीपडित तथा अनाथ बालबालिकाको स्वास्थ्य उपचारमा सहयोग पुग्ने विस्वास कोइरालाको छ ।
यसअघि गाउँगाउँमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्न थालेको केएमसीले चाँडै चिकित्सा सेवाका विशिष्ट सेवाहरु समेत सञ्चालनमा ल्याउँदैछ । भने, नेपालमै पहिलोपटक ‘रोवटिक सर्जरी’ थाल्ने घोषणा गरिसकेको छ । –इमेलमार्फत्

प्रकाशित मिति: असार ११ २०७८, शुक्रबार

प्रतिक्रिया दिनुहोस्

  • रक्सीसँग सितन

    हामीकहाँ एउटा भ्रम व्याप्त छ, ‘रक्सीसँग सितन टन्न खानुपर्छ, धेरै हानि गर्दैन ।’ उनीहरुको बुझाइ के हो भने सितन (स्न्याक्स) खाएपछि रक्सीको असर कम...

    • २ हप्ता अगाडी
    • ५ मिनेट पाठ
  • दशैंमा अझ सक्दो शारीरिक व्यायाम आवश्यक छ

    दशैं भन्नासाथ अझै पनि धेरैजसोले खाने, पिउने, रमाइलो गर्ने, राम्रो लगाउने भन्नेमा नै विश्वास गर्छन्। त्यही अनुसार तयारी समेत गर्छन्। पहिला–पहिला वर्षभरि मिठो परिकार...

    • २ हप्ता अगाडी
    • ४ मिनेट पाठ
  • दशैंमा मासु कति खाने ?

    चाडपर्वको बेलामा स्वास्थ्यको हेरचाह कसरी गर्ने ? चाडपर्व आएसँगै हामीले आफ्नो स्वास्थ्यलाई विशेष ख्याल गर्नुपर्ने हुन्छ। मुख्यतः खानपानमा ध्यान दिनुपर्छ। हेभी खाना खाने र चिल्लो...

    • २ हप्ता अगाडी
    • ५ मिनेट पाठ
  • गाँजाको अवैध तस्करीः चुनौतीपूर्ण बन्दै

    धरानः नेपालमा गाँजा खेतीलाई वैधानिकता दिने विषयमा नीतिगत बहस र छलफलहरू चुलिए तापनि व्यावहारिक रूपमा भने अवैध उत्पादन, प्रशोधन र तस्करी दिनानुदिन भयावह बन्दै...

    • ३ हप्ता अगाडी
    • ५ मिनेट पाठ
  • धरानको बीपी प्रतिष्ठानका प्रा.डा. सञ्जीवकुमार शर्मा विश्वका प्रभावशाली वैज्ञानिकको सूचीमा

    धरानः धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका प्राध्यापक डा. सञ्जीवकुमार शर्मा विश्वका प्रभावशाली वैज्ञानिकहरूको सूचीमा परेका छन् । विगत २६ वर्षदेखि विभिन्न रोगमा अनुसन्धान गर्दै...

    • ३ हप्ता अगाडी
    • ४ मिनेट पाठ
  • अब भूमिहीन सुकुम्बासीलाई जग्गा बाँड्न कानुनी गाँठो फुक्यो

    धरानः भूमिहीन नागरिकको वर्षौंदेखिको समस्या समाधान गर्ने तथा विद्यमान कानुनी अवरोध हटाउने उद्देश्यका साथ राष्ट्रपति रामचन्द्र पौडेलले भूमि र वनसम्बन्धी दुई अध्यादेश जारी गरेका...

    • ३ हप्ता अगाडी
    • ५ मिनेट पाठ

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend