Hamro Koshi Aawaj

शनिबार, कार्तिक २१ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानको भानुचोकमा प्रधानमन्त्रीको पुतला दहन

हाम्रो कोशी आवाज
असार १६ २०७८, बुधबार
धरानको भानुचोकमा प्रधानमन्त्रीको पुतला दहन

धरानः धरानको भानुचोकमा विद्यार्थीले प्रदर्शन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला दहन गरेका छन् ।
प्रधानमन्त्री ओली निरंकुश बन्दै गएको र सरकारका पछिल्ला दिनका कदमहरु संविधान विरोधी भएको बताउँदै विद्यार्थीले प्रधानमन्त्रीको पुत्ला दहन गरेको हो । नेविसंघ, अनेरास्ववियु, समाजवादी विद्यार्थी संघ, अखिल क्रान्तिकारीलगायतले पुतला दहन गरेका हुन् । केन्द्रको निर्देशनमा पाँच विद्यार्थी सङ्गठनले पुतला दहन गरेका हुन् ।
बुधबार धरानको महेन्द्र बहुमुखी क्याम्पसबाट रयाली निकाल्दै विद्यार्थी भानुचोक पुगेका थिए । भानुचौकमा प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला दहन गरेका हुन् । पुत्ला दहन गर्ने क्रममा ब्यापक मात्रामा परिचालित प्रहरीले अवरोध पुरयाएको थियो । कोणसभामा नेविसंघ सुनसरीका सभापति मन्दिप भट्टराई, अखिल क्रान्तिकारी सुनसरीका अध्यक्ष बुद्रोस लिम्बू, महेन्द्र बहुमुखी क्याम्पस अखिल क्रान्तिकारी इकाई अध्यक्ष रविन श्रेष्ठ, अनेरास्ववियू सुनसरीका सचिव आशिष प्रधान, समाजवादी विद्यार्थी युनियनका नेता सागर सरगम चेम्जोङलगायतका विद्यार्थी नेताहरुले सम्बोधन गरेका थिए ।
उनीहरुले सरकारको अधिनायकवादी र स्वेच्छाचारी शासनविरुद्ध नारा लगाउँदै संसद पुनस्र्थापनाको माग पनि गरेका थिए । संयुक्त विद्यार्थी संघठनले निकालेको विज्ञप्ती अनुसार असार १६ गते ७७ वटै जिल्लामा प्रधानमन्त्रीको पुत्ला दहन गरिएको थियो । उनीहरुले शैक्षिक क्षेत्रमा भएको समस्याहरुको बारेमा असार १५ गते भित्र टियुका उपकुलपति र राष्ट्रिय परीक्षा बोड अध्यक्षलाई ज्ञानपपत्र बुझाएका थिए । उनीहरुले लकडाउनमा शैक्षिक गतिविधि नभएकोले यो अवधिभरको अवधिभरिको शुल्क राज्यले व्यहोर्नुपर्ने, कोभिड महामारीको विकल्प खोप भएकोले आम नागरिकलाई खोपको व्यवस्था गर्नुपर्ने, पेट्रोलियम पदार्थमा पटक पटक गरिएको मूल्यवृद्धि फिर्ता लिनुपर्ने लगायतका ८ बुँदे मागे अगाडि सारेका छन् ।
तस्वीरहरुः लक्ष्मण थापा

प्रकाशित मिति: असार १६ २०७८, बुधबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend