Hamro Koshi Aawaj

मंगलबार, कार्तिक १७ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

कर तिर्ने नागरिक, कमिसन खाने भिसी भन्दै धरानको प्रतिष्ठानको ‘सपोर्ट’ मा काठमाडौंमा प्रदर्शन

हाम्रो कोशी आवाज
असार २० २०७८, आइतबार
कर तिर्ने नागरिक, कमिसन खाने भिसी भन्दै धरानको प्रतिष्ठानको ‘सपोर्ट’ मा काठमाडौंमा प्रदर्शन

धरानः धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको बेथितिविरुद्ध काठमाडौंमा प्रदर्शन गरिएको छ ।
‘नागरिक आन्दोलन’ समूहले माइतीघरमा शिक्षा र स्वास्थ्य क्षेत्रमा भएको चरम राजनीतिकरण अन्त्य गर्न भन्दै प्रदर्शन गरेको हो । सो क्रममा प्रदर्शनकारीहरुले ‘स्वतन्त्र यो प्रतिष्ठानमा, दाग लाग्यो हामी सबैको इमानमा’, ‘चाप्लुसी गर्न जान्दैनौं, तिम्रो दमन मान्दैनौं’, ‘कर तिर्ने नागरिक, कमिसन खाने भिसी र अन्य पदाधिकारी’, ‘फुटबलमा झेली गरे रेडकार्ड, राजनीतिमा झेली गरे नियुक्ति’ जस्ता नारा लेखिएका प्लेकार्ड बाकेर प्रदर्शन गरेका थिए । उनीहरूले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान ‘शुद्धीकरण अभियान’ लेखिएकाे कालो ब्यानर बाेकेर प्रदर्शन गरेका थिए ।
यता, प्रतिष्ठानका चिकित्सक, स्वास्थ्यकर्मी तथा नर्सहरुले आइतबार रयाली आयोजना गरेका छन् ।
प्रतिष्ठानमा आन्दोलनरत चिकित्सक तथा स्वास्थ्यकर्मीहरुले प्रतिष्ठानदेखि भानुचोकसम्म रयाली प्रदर्शन गरेका थिए । उनीहरुले कालो व्यानरमा प्रतिष्ठान शुद्धिकरण अभियान नामक व्यानर बोकेर प्रदर्शन गर्न सडकमा उत्रिएका थिए । संघर्ष समितिका पदाधिकारीहरुले आन्दोलनको विषयमा तदारुकता नदेखाए सामूहिक राजीनामा दिने पनि बताउँदै आएका छन् ।
धरानमा ९ राजनीतिक दल र नागरिक दबाव सञ्जाल पनि प्रतिष्ठान सुधारका लागि भन्दै आन्दोलनरत् छन् ।

प्रकाशित मिति: असार २० २०७८, आइतबार

प्रतिक्रिया दिनुहोस्

  • रक्सीसँग सितन

    हामीकहाँ एउटा भ्रम व्याप्त छ, ‘रक्सीसँग सितन टन्न खानुपर्छ, धेरै हानि गर्दैन ।’ उनीहरुको बुझाइ के हो भने सितन (स्न्याक्स) खाएपछि रक्सीको असर कम...

    • २ हप्ता अगाडी
    • ५ मिनेट पाठ
  • दशैंमा अझ सक्दो शारीरिक व्यायाम आवश्यक छ

    दशैं भन्नासाथ अझै पनि धेरैजसोले खाने, पिउने, रमाइलो गर्ने, राम्रो लगाउने भन्नेमा नै विश्वास गर्छन्। त्यही अनुसार तयारी समेत गर्छन्। पहिला–पहिला वर्षभरि मिठो परिकार...

    • २ हप्ता अगाडी
    • ४ मिनेट पाठ
  • दशैंमा मासु कति खाने ?

    चाडपर्वको बेलामा स्वास्थ्यको हेरचाह कसरी गर्ने ? चाडपर्व आएसँगै हामीले आफ्नो स्वास्थ्यलाई विशेष ख्याल गर्नुपर्ने हुन्छ। मुख्यतः खानपानमा ध्यान दिनुपर्छ। हेभी खाना खाने र चिल्लो...

    • २ हप्ता अगाडी
    • ५ मिनेट पाठ
  • गाँजाको अवैध तस्करीः चुनौतीपूर्ण बन्दै

    धरानः नेपालमा गाँजा खेतीलाई वैधानिकता दिने विषयमा नीतिगत बहस र छलफलहरू चुलिए तापनि व्यावहारिक रूपमा भने अवैध उत्पादन, प्रशोधन र तस्करी दिनानुदिन भयावह बन्दै...

    • ३ हप्ता अगाडी
    • ५ मिनेट पाठ
  • धरानको बीपी प्रतिष्ठानका प्रा.डा. सञ्जीवकुमार शर्मा विश्वका प्रभावशाली वैज्ञानिकको सूचीमा

    धरानः धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका प्राध्यापक डा. सञ्जीवकुमार शर्मा विश्वका प्रभावशाली वैज्ञानिकहरूको सूचीमा परेका छन् । विगत २६ वर्षदेखि विभिन्न रोगमा अनुसन्धान गर्दै...

    • ३ हप्ता अगाडी
    • ४ मिनेट पाठ
  • अब भूमिहीन सुकुम्बासीलाई जग्गा बाँड्न कानुनी गाँठो फुक्यो

    धरानः भूमिहीन नागरिकको वर्षौंदेखिको समस्या समाधान गर्ने तथा विद्यमान कानुनी अवरोध हटाउने उद्देश्यका साथ राष्ट्रपति रामचन्द्र पौडेलले भूमि र वनसम्बन्धी दुई अध्यादेश जारी गरेका...

    • ३ हप्ता अगाडी
    • ५ मिनेट पाठ

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend