धरानः देशका विभिन्न ठाउँमा बिहानैदेखि गर्मी छ । बेला–बेलामा वर्षा भइरहे पनि गर्मी बढेको छ ।
तापक्रमसँगै वायुमण्डलमा सापेक्षिक आर्द्रता बढ्दा गर्मी बढेको मौसमविद् वरुण पौडेलले बताए । ‘वायुमण्डलमा पानीको मात्रा बढ्दै जाँदा सापेक्षित आर्द्रता पनि बढ्दै जान्छ । वायुमण्डलमा सापेक्षित आर्द्रता बढ्दा गर्मी बढ्छ ।’ मौसमविद्का अनुसार वायुमण्डलमा ६० प्रतिशत भन्दा बढी पानीको मात्रा भए सापेक्षित आर्द्रता बढेको मानिन्छ ।
अहिले वायुमण्डलमा ९०–९५ प्रतिशतभन्दा धेरै पानीको मात्रा रहेको मौसमविद् वरुण पौडेलले बताए । पानी परेका ठाउँमा केहीबेर शीतल भएको महसुस गरिए पनि गर्मी भने घटेको छैन । हिजोको तुलनामा आज भने गर्मी केही कम हुने अनुमान छ ।