Hamro Koshi Aawaj

शनिबार, कार्तिक २१ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

नेवार समुदायको गुंलाधर्म शुरु

हाम्रो कोशी आवाज
साउन २५ २०७८, सोमबार
नेवार समुदायको गुंलाधर्म शुरु

धरानः नेवार समुदाय भित्रका बौद्ध धर्मावलम्बीको पवित्र महिना गुंलाधर्म सुरु भएको छ ।
बौद्ध धर्मावलम्बीहरु आजदेखि एक महिनासम्म बिहान विभिन्न परम्परागत बाजा बजाएर विभिन्न तीर्थस्थलमा जाने चलन छ ।
शाक्य, बज्राचार्य, साय्मी, उदाय र महर्जन समुदायले गुंला बाजा समूह दिनहुँ बाजागाजासहित काठमाडौंको स्वयम्भू परिक्रमा गर्ने चलन छ । तर यसपालि कोरोना भाइरसको जोखिम कायमै रहेकाले एक महिनासम्म हुने धार्मिक गतिविधि पनि प्रभावित भएको छ ।
यसपालिको मतयाः यही भदौ ८ गते इखालखुबाट सञ्चालन हुनेछ । तर यसपालि कोरोना भाइरसको जोखिमका कारण परम्परालाई मात्र निरन्तरता दिने किसिमबाट सञ्चालन गरिनेछ ।
विशेषगरी नेवार समुदाय भावनात्मक रुपमा जोडिएको भेटिन्छ । विभिन्न नेवाः मौलिक बाजागाजा सहितको यस पितृ उद्धार कार्यक्रमलाई नयाँ पुस्तामा हस्तान्तरण गर्ने प्रयास र हारती अजिमा मन्दिरको संरक्षण र सर्वद्धन गर्ने हेतु यस कार्यक्रमलाई निरन्तर रुपमा संस्कृति टेवाका लागि आयोजन गर्दै आइरहेको छ ।
विशेष गरेर गुंला प्रतिपदामा घण्टाकर्ण चतुर्दशी देखि आफुहरुले बजाउन जानेको मौलिक नेवाः बाजागाजा सहित एक महिनासम्म विहान–विहान विभिन्न शक्तिपिठ (चैत्य, मन्दिर, विहार) घुम्ने महिना हो ।

प्रकाशित मिति: साउन २५ २०७८, सोमबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend