Hamro Koshi Aawaj

शनिबार, कार्तिक २१ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरान-१५ मा माओवादी केन्द्रको कमिटी पुनर्गठन

हाम्रो कोशी आवाज
साउन २९ २०७८, शुक्रबार
धरान-१५ मा माओवादी केन्द्रको कमिटी पुनर्गठन

धरानः नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र ) धरान-१५ को वडा कमिटी पुनर्गठन भएको छ ।
कार्यक्रम नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र ) का प्रदेश कमिटी सदस्य तथा धरान इञ्चार्ज अइन्द्रविक्रम बेघाको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा कमिटी पुनर्गठन भएको हो ।
कार्यक्रममा बोल्दै बेघाले नेपालको कम्युनिष्ट आन्दोलनको रक्षा एवं विकास गर्ने जिम्मेवारी माओवादी को काँधमा आएको बताएका छन् । उनले यसका निम्ति सबै जिम्मेवार भएर आम पार्टी पङ्क्ति भ्रममा नपरी विचलित नभई सिद्धान्त र निष्ठामा रही अघि बढेर नेतृत्व गर्नुपर्ने बेला समेत आएको बताए ।
अहिलेको परिस्थितिमा काङ्ग्रेससँगको गठबन्धनको बारेमा बोल्ने उनले भने, ‘हामी अहिले मुलुकको संविधान र व्यवस्था रक्षा गर्न काङ्ग्रेससँग गठबन्धन गरिरहेका हौं ।’

कार्यक्रममा जिल्ला सदस्यहरु अशोक राई, दिलबहादुर रामदाम, उत्तरकुमार लिम्बू, धरान नगर सचिव सुदर्शन श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो । पुनर्गठन कार्यक्रमले वडा समितिको पदाधिकारी र सदस्यहरुमा पछि ७ सदस्य थप्ने गरी सुवास खवासको अध्यक्षतामा ३५ सदस्य कमिटी गठन गरिएको छ ।
कमिटीको सचिवमा डिकबहादुर तामाङ (आप्पा) रहेका छन् भने सदस्यहरुमा क्रमशः प्रेम विक, जबरबहादुर लिम्बू, गंगाबहादुर लिम्बू, रोमन राई, खड्क केरुङ, पूर्ण तामाङ, मेनका खड्का, पवित्रा राई, खगेन्द्र भण्डारी, सुरेश तामाङ, श्यामकुमारी विक, चक्र रामदाम, कमला विक, राधिका गजमेर, बुद्धिमान बेघा, भीम सुन्दास, दुर्गा खाती, लिला विक, नन्दकुमारी लिम्बू, योगिन राई, रविन लामा, पदम लामगादे, टंक न्यौपाने, विजय राई, लमु शेर्पा, कमला लिम्बू रहेका छन् ।
कार्यक्रममा वडाको टोल भेला, गठन, पुनर्गठन गर्ने निर्णय समेत सो भेलाले गरेको छ । धरानमा केन्द्रको वडा भेला, गठन, पुनर्गठनलाई तीब्रता दिइएको जनाइएको छ ।

प्रकाशित मिति: साउन २९ २०७८, शुक्रबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend