Hamro Koshi Aawaj

बिहिबार, कार्तिक १९ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

१२ देखि १७ वर्ष उमेरका बालबालिका, किशोरकिशोरीका लागि खोप ल्याइँदै

हाम्रो कोशी आवाज
साउन ३० २०७८, शनिबार
१२ देखि १७ वर्ष उमेरका बालबालिका, किशोरकिशोरीका लागि खोप ल्याइँदै

धरानः नेपालले कोभ्याक्समार्फत् ४० लाख खोप प्राप्त गर्ने निश्चित भएको छ ।
विश्व बैंकले फागुनदेखि ४० लाख मोर्डना खोप आउनसक्ने जनाएको छ । सरकारले १२ देखि १७ उमेरका बालबालिका तथा किशोरकिशोरी लक्षित गरी मोर्डना खोप ल्याउन लागेको हो ।
कोभ्याक्ससँगको लागत साझेदारीमार्फत विश्व ब्याङ्कको वित्तीय सहयोगमा सो मात्रा खरिद गर्नका लागि खोपसम्बन्धी विश्वव्यापी सञ्जाल गाभीसँग सम्झौता गर्ने नेपाल विश्वकै दोस्रो देश बनेको बताइएको छ ।
विश्व ब्याङ्कले शुक्रबार जारी गरेको विज्ञप्तिका अनुसार यो सम्झौतासँगै नेपालको कोभिड–१९ विरुद्धको खोपका लागि पुँजीको विविधीकरण र सुदृढीकरण भएको छ । ‘कोभ्याक्स लागत साझेदारी कार्यक्रम अपनाउने नेपाल सुरुवाती देशहरू मध्येको एक हो र चुनौतीपूर्ण परिस्थितिहरूका बाबजुद हामीले नेपालका लागि सुरक्षित र अत्यन्तै प्रभावकारी खोप ल्याउनका लागि यस सम्झौता तय गर्न सफल भएकोमा म अत्यन्तै हर्षित छु,’ स्वास्थ्य तथा जनसख्या राज्यमन्त्री उमेश श्रेष्ठको भनाइ विज्ञप्तिमा उल्लेख छ ।
‘२०२२ को मार्चदेखि खोप आउनेछ । यसले नेपालका ७२ प्रतिशत जनसंख्या साथै १२ देखि १७ वर्ष उमेर समूहका बालबालिका तथा किशोरकिशोरीलाई खोप दिने लक्ष्यमा सहयोग गर्नेछ,’ विज्ञप्तिमा भनिएको छ ।
माल्दिभ्स, नेपाल तथा श्रीलंकाका लागि विश्व बैंकका निर्देशक फेरिस ह्याडेड जिर्भसले नेपाल सरकार तथा जनतालाई सहयोग गर्न पाएकोमा गौरवान्वित भएको बताएका छन् ।

प्रकाशित मिति: साउन ३० २०७८, शनिबार

प्रतिक्रिया दिनुहोस्

  • अब स्वास्थ्य बीमा नवीकरण स्थानीय तहबाटै डिजिटल माध्यमबाट गर्न सकिने

    धरानः स्वास्थ्य बीमा कार्यक्रममा नागरिकको सामूहिक आबद्धता तथा नवीकरण अब प्रदेश र स्थानीय तहबाटै डिजिटल माध्यमबाट गर्न सकिने भएको छ । स्वास्थ्य बीमा बोर्डले प्रदेश...

    • १ दिन अगाडी
    • २ मिनेट पाठ
  • सुनसरी र मोरङका जग्गा सट्टापट्टाको नाममा बिक्री प्रकरणः पूर्व प्रधानमन्त्रीदेखि ९७ जना को को तानिए ?

    धरानः अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल र तत्कालीन मन्त्री मिनेन्द्र रिजाललगायतविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । अख्तियारले सुनसरीको इटहरीमा रहेको रिजाल क्यानिङ...

    • २ दिन अगाडी
    • ९ मिनेट पाठ
  • रक्सीसँग सितन

    हामीकहाँ एउटा भ्रम व्याप्त छ, ‘रक्सीसँग सितन टन्न खानुपर्छ, धेरै हानि गर्दैन ।’ उनीहरुको बुझाइ के हो भने सितन (स्न्याक्स) खाएपछि रक्सीको असर कम...

    • ३ हप्ता अगाडी
    • ५ मिनेट पाठ
  • दशैंमा अझ सक्दो शारीरिक व्यायाम आवश्यक छ

    दशैं भन्नासाथ अझै पनि धेरैजसोले खाने, पिउने, रमाइलो गर्ने, राम्रो लगाउने भन्नेमा नै विश्वास गर्छन्। त्यही अनुसार तयारी समेत गर्छन्। पहिला–पहिला वर्षभरि मिठो परिकार...

    • ३ हप्ता अगाडी
    • ४ मिनेट पाठ
  • दशैंमा मासु कति खाने ?

    चाडपर्वको बेलामा स्वास्थ्यको हेरचाह कसरी गर्ने ? चाडपर्व आएसँगै हामीले आफ्नो स्वास्थ्यलाई विशेष ख्याल गर्नुपर्ने हुन्छ। मुख्यतः खानपानमा ध्यान दिनुपर्छ। हेभी खाना खाने र चिल्लो...

    • ३ हप्ता अगाडी
    • ५ मिनेट पाठ
  • गाँजाको अवैध तस्करीः चुनौतीपूर्ण बन्दै

    धरानः नेपालमा गाँजा खेतीलाई वैधानिकता दिने विषयमा नीतिगत बहस र छलफलहरू चुलिए तापनि व्यावहारिक रूपमा भने अवैध उत्पादन, प्रशोधन र तस्करी दिनानुदिन भयावह बन्दै...

    • ३ हप्ता अगाडी
    • ५ मिनेट पाठ

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend