Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

टिकटकमा नयाँ फिचर आयो, किशोरकिशोरीलाई झुन्डिरनबाट रोक्ने

हाम्रो कोशी आवाज
साउन ३१ २०७८, आइतबार
टिकटकमा नयाँ फिचर आयो, किशोरकिशोरीलाई झुन्डिरनबाट रोक्ने

धरानः लोकप्रिय भिडियो शेयरिङ एप टिकटकले खासगरी किशोरावस्थाका प्रयोगकर्ताको स्वास्थ्य तथा सुरक्षाका लागि भन्दै विभिन्न नयाँ फिचरहरु घोषणा गरिरहेको छ ।
एक नयाँ फिचर अनुसार अब १३ देखि १५ वर्ष उमेर समूहका टिकटक प्रयोगकर्ताले रातको ९ बजेपछि अर्को बिहानसम्म टिकटकमा पुस नोटिफिकेसन प्राप्त गर्ने छैनन् । त्यस्तै, १६ देखि १७ वर्षसम्मका प्रयोगकर्ताले रातको १० बजेदेखि अर्को बिहानसम्म टिकटकमा पुस नोटिफिकेसन प्राप्त गर्ने छैनन् ।
यसले किशोरावस्थाका प्रयोगकर्तालाई रातको समयमा पनि टिकटकमा झुण्डिरहनबाट रोक्ने तथा उनीहरुलाई काम, अध्ययन, आराम तथा निद्रामा केन्द्रित बनाउने अपेक्षा टिकटकको छ ।
साथै टिकटकले आफ्नो डिफल्ट सेटिङमा पनि परिवर्तन गरेको छ । जस अनुसार १६ र १७ वर्षका प्रयोगकर्ताका लागि डाइरेक्ट मेसेज फिचर डिफल्ट रुपमा निस्क्रिय बनाइरहेको हुन्छ । यदि सो उमेर समूहका प्रयोगकर्ताले डाइरेक्ट मेसेज फिचर पनि चलाउन चाहेमा आफैले उक्त फिचर अन गर्नुपर्दछ । कम उमेरका प्रयोगकर्ताहरुमा सकारात्मक डिजिटल व्यवहारको विकास गर्न चाहेको टिकटकले जनाएको छ ।
अब १६ वर्षभन्दा मुनिका प्रयोगकर्ताले टिकटकमा भिडियो पोस्ट गर्न लाग्दा उनीहरुको भिडियो कस कसलाई देखाउने भन्ने कुराको छनोट गर्नुपर्ने हुन्छ । त्यसमा आफ्ना फलोअर्स, केवल साथीहरु मात्र तथा आफैंले मात्र भन्ने विकल्प हुन्छ । –एजेन्सी

प्रकाशित मिति: साउन ३१ २०७८, आइतबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend