Hamro Koshi Aawaj

शनिबार, कार्तिक २१ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानमा भोटिया समाजमा अध्यक्ष छान्न चुनाव

हाम्रो कोशी आवाज
साउन ३१ २०७८, आइतबार
धरानमा भोटिया समाजमा अध्यक्ष छान्न चुनाव

धरानः हिमाली शिङ्सावा भोटिया समाज धरानको अध्यक्षमा छजुङ लामा निर्वाचित भएको छ ।
समाजको ८ औं अधिवेशनल तथा १७ औं वार्षिक साधारणसभाले छजुङलाई अध्यक्षमा निर्वाचित गरिएको हो । अन्तिम समयमा आएर सहमती नभएपछि चुनाव नै गर्नुपरेको थियो । चुनाव भएपछि अध्यक्षमा चुङ्दाक भोटे र छोजुङ लामा भोटे दुईजनाको उम्मेदवार परेपछि निर्वाचनबाट छोजुङलाई विजयी घोषणा गरिएको हो ।
त्यसैगरी उपाध्यक्षमा पान्देन लामा, सचिवमा अन्दी भोटे, सहसचिव नाम्जा भोटे र कोषाध्यक्षमा छेसाङ भोटे निर्वाचित भए । अन्य सदस्य भने हाल निर्वाचित समितिले मनोनित गर्ने निर्णय गरिएको जनाइएको छ ।
संखुवासभा जिल्लाको शिङ्सा क्षेत्र भोटखोलामा रहेका आदिवासी मूलवासी जसले आफूलाई भोटे समेत परिचित गराउने शिङ्साबा समुदायहरु विगत २०६० सालबाट संगठित भएर धरानमा बसोबास गर्दै आएका छन् ।
शिङ्सा क्षेत्रबाट जडिबुटी बिक्री व्यापार गर्दै आएका शिङ्साबा समुदायको मुख्य पेशा हो । आफ्नो पहिचान स्थापित गर्नका लागि तथा मर्दा पर्दाको अवस्थामा साथ सहयोग गर्ने उद्देश्यले गठन भएको यो संस्था हाल धरान उपमहानगर वडा नम्बर १५ मा संस्थागत भएर बसेको छ ।
धरान उपमहानगर वडा नम्बर १५ बगरकोटमा धरान उपमहानगरबाट ५ कठ्ठा जग्गा उपलब्ध गराएपछि त्यहाँ सामुदायिक भवन तथा क्षाबेनाङ्ज्यो शिङ्सा क्षोलिङ गुम्बा समेत निर्माणाधीन भइरहेको छ । आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानमा ल्होमी शिङ्साबा भनेर सूचीकरण भएको समुदायको पहिचानमा बनिरहेको गुम्बा निर्माणमा प्रदेश सांसद उमिता बराइलीमार्फत् ७ लाख, प्रतिनिधि सांसद जयकुमार राईको निर्वाचन क्षेत्र विकास कोषबाट १० लाख बजेट उपलब्ध गराएपछि सो भवन निर्माण भएको हो ।

प्रकाशित मिति: साउन ३१ २०७८, आइतबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend