Hamro Koshi Aawaj

शनिबार, कार्तिक २१ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

नेकपा माओवादी केन्द्रको धरान-७, ११, १६, १९ र २० मा वडा कमिटी विस्तार

हाम्रो कोशी आवाज
साउन ३२ २०७८, सोमबार
नेकपा माओवादी केन्द्रको धरान-७, ११, १६, १९ र २० मा वडा कमिटी विस्तार

धरानः धरानमा नेकपा माओवादी केन्द्रले वडा कमिटी पुनर्गठनलाई तीब्रता दिएको छ ।
यसै क्रममा धरान-१९ मा सन्त तेम्बे अध्यक्ष बनेका छन् भने नरु राई सचिव बनेका छन् । यस्तै, धरान-२० मा विजय तामाङ, मानसिं तामाङ क्रमशः अध्यक्ष र सचिव बने । यस्तै, धरान-११ जीतबहादुर राई र याम किराती क्रमशः सचिव र अध्यक्ष बने भने धरान-७ मा धनकुमार लिम्बू र विनोद राई अध्यक्ष र सचिव बने ।
यसै क्रममा सोमबार धरान–१६ मा वडा कमिटी पुनर्गठन गरेको छ । धरान नगर इञ्चार्ज तथा प्रदेश सदस्य अइन्द्रविक्रम बेघाको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा नगर कमिटी सदस्य उद्धव लिम्बू, जीवन राई, सल्लाहकार चन्द्र राई, विद्यार्थीका केन्द्रीय सदस्य निर्मला शिवाकोटी, खेम रणपहेली र पार्टीका अन्य सदस्यहरुको पनि उपस्थिति थियो ।
हिमाल कार्कीको अध्यक्षतामा २५ सदस्यीय कमिटी पुनर्गठन भएको छ । कमिटीको सचिवमा कैलाश लिम्बू रहेका छन् । यस्तै, सदस्यहरुमा बालकृष्ण रणपहेली, सुमन योक्तेनहाङ, डिल्ली परियार, तेजबहादुर राई, शुक्रराज तामाङ, तिर्थबहादुर कार्की, रमेश श्रेष्ठ, दिनेश ढकाल, प्रेम तामाङ, पुरन दर्नाल, गोपाल सेञ्चुरी, राम राई, दुर्गादेवी विश्वकर्मा, पवित्रा ढकाल, दुर्गा दर्नाल, सुष्मा ठकुरी, अम्मर विश्वकर्मा, कर्मा राई, शम्भु तामाङ, छेकुडोर्जे लामा, शंकर श्रेष्ठ, विष्णु तिवारी, डिवी गुरूङ रहेका छन् । थप अरू सदस्य थप्ने निर्णय भएको अध्यक्ष कार्कीले जानकारी दिए ।

प्रकाशित मिति: साउन ३२ २०७८, सोमबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend