धरानः नेपालको दुई तिहाइ जनसंख्यामा कोभिड-१९ एन्टिबडी बनेको पाइएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले हालै गरेको सेरो प्रोभिलेन्स सर्भेले ६८.६ मानिसमा एन्टिबडी बनेको पाइएको हो ।
मन्त्रालयले गरेको सर्वेक्षणका क्रममा ६ महिनाभन्दा बढी उमेरका व्यक्तिहरुलाई समेटेर २१ असारदेखि ३० साउनसम्म १३ हजार १६१ नमुना संकलन गरिएको थियो ।
अध्ययनको प्रारम्भिक नतिजा सार्वजनिक गर्दै स्वास्थ्य मन्त्रालयले आइतबार भनेको छ, ‘यस सर्भेबाट प्राप्त प्रारम्भिक नतिजा अनुसार देशभरि ६८.६ प्रतिशत नमुनामा कोभिड–१९ एन्टिबडी देखिएको छ ।’
कोरोनाको पहिलो डोज खोप लगाएका ८० र दुवै डोज लगाएका ९० प्रतिशतमा एन्टीबडी देखिएकाे स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा कृष्णप्रसाद पौडेलले सातै प्रदेश, हिमाल,पहाड,तराई,गाउँ शहरका सबै लिंग, उमेर,पेशा तथा सबै समुहमा समान एन्डीबडी देखिएको बताए।
उनले भने,‘एक मात्रा खोप लगाएका व्यक्तिमा ८० प्रतिशत र पूणर् मात्रा कोभिड खोप लगाएमा ९० प्रतिशत एन्डीबडी देखिएको छ। यसले हामीले लगाइरहेको कोभिड खोप प्रभावकारी रहेको देखिन्छ।’
प्रवक्ता डा कृष्णप्रसाद पौडेलले सातै प्रदेश, हिमाल,पहाड,तराई,गाउँ शहरका सबै लिंग, उमेर,पेशा तथा सबै समुहमा समान एन्डीबडी देखिएको बताए।
उनले भने,‘एक मात्रा खोप लगाएका व्यक्तिमा ८० प्रतिशत र पूर्ण मात्रा कोभिड खोप लगाएमा ९० प्रतिशत एन्डीबडी देखिएको छ। यसले हामीले लगाइरहेको कोभिड खोप प्रभावकारी रहेको देखिन्छ।’
