धरानः आजभोलि आधुनिक बन्न नाममा महिलाहरू लामो कपाल पाल्न छाडेर कपाल छोटो पार्ने, थाइकट पार्ने बढ्दो रहेको पाइन्छ तर इलामकी शिखा राई पाँच फिट अग्ली छिन्, कपाल भने चार फिट लामो छ ।
सानैदेखि कलाकार बन्ने सपना बुनेकी उनको अहिलेसमम सपना पूरा हुन सकेको छैन । उनले हाल टिकटकले चर्चामा छिन् । उनले कपाल र नृत्यकै कारण चर्चा कमाउँदै गएकी छिन् । टिकटकमा करिब एक लाख फलोअर्स भएकी उनको टिकटकमार्फत् कलाकार बन्न निकै सहज भएको बताउँछिन् । ‘अहिले मेरो कला टिकटकमार्फत् प्रस्तुत गर्दै आएको छु, धेरैले मन पराइदिनुभएको छ’, उनले भनिन्, ‘भविष्यमा कलाकार बन्ने लक्ष्य नै छ ।’
उनले अपलोड गरेका भिडियोहरू धेरैजनाले मन पराएका छन् । उनको भिडियोको भ्यूज राम्रोसँग आउने गरेको छ । धेरैजना दर्शकहरूले उनको कपाल साथै कलाको तारिफ गर्ने गरेको उनी बताउँछिन् । उनका अनुसार भिडियोमा ६ मिलियन जति भ्यूज आइसकेको छ । आफ्नो उचाइजत्तिकै लामो कपाल भएका कारण हिँड्दा र नृत्य गर्दापनि असहज भएपछि अहिले उनले आफ्नो कपाल काटेकी छिन् । प्लस टु पढ्दै गरेकी उनी ब्युटी पार्लर व्यवसायमा छिन् ।
