Hamro Koshi Aawaj

सोमबार, कार्तिक १६ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

‘धरानको बीपी प्रतिष्ठान सुधार्न लागिरहेका छौं, काम नछाड्नुहोस्, नियमित सेवा दिइरहनुहोस्’

हाम्रो कोशी आवाज
भाद्र २० २०७८, आइतबार
‘धरानको बीपी प्रतिष्ठान सुधार्न लागिरहेका छौं, काम नछाड्नुहोस्, नियमित सेवा दिइरहनुहोस्’

धरानः स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको सेवा संचालन गर्न अनुरोध गरेको छ ।
मन्त्रालयका प्रवक्ता डा. कृष्णप्रसाद पौडेलले आन्दोलरत पक्षलाई प्रतिष्ठानका अधिकांश माग भइसकेकाले स्वास्थ्य क्षेत्र जस्तो संवेदनशील ठाउँको सेवा सुरु गर्न आग्रह गरेका छन् ।
‘आन्दोलरत पक्षले उठान गर्नुभएका अधिकांश माग सम्बोधन भइसकेको, थप मागहरू सम्बोधनका क्रममा रहेका हुँदा कोभिड- १९ संक्रमण महामारीको अवस्थामा स्वास्थ्य जस्तो अत्यावश्यक र संवेदनशील क्षेत्र खुला राखी स्वास्थ्य सेवा संचालन गर्नुहुन अनुरोध छ’, उनले जारी गरेको विज्ञप्तिमा भनिएको छ । मन्त्रालय र आन्दोलनरत पक्षबीच छ बुँदे सहमतिसमेत भइसकेको छ ।
मन्त्रालयले प्रतिष्ठानको समस्या पहिचान तथा छानविन गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव बैकुण्ठ अर्यालको संयोजकत्वमा उच्चस्तरीय समिति गठन गरेको थियो । सो समितिले तयार पारेको प्रतिवेदनसमेत पेस गरिसकेको र सोही प्रतिवेदनका आधारमा प्रतिष्ठान सुधार गर्नतर्फ मन्त्रालय लागिपरेको समेत उनले बताए ।
मन्त्रालयले चिकित्सा शिक्षा आयोग र नेपाल मेडिकल काउन्सिलबाट प्रतिष्ठानले गरेका काम कारबाहीसम्बन्धी निरीक्षण एवं अनुगमन सम्पन्न भएको, प्रतिष्ठान कार्यरत उपकुलपति, शिक्षाध्यक्ष, रजिष्ट्रार र अस्पताल निर्देशकलाई गतिरोध अन्त्य गर्न सहज निकासका लागि मार्ग प्रशस्त गर्न निर्देशन भएको, उपकुलपतिलाई प्राध्यापक उपाधिको प्रमाणपत्र पेस गर्नका लागि पत्राचार भइसकेको जनाएको छ ।

प्रकाशित मिति: भाद्र २० २०७८, आइतबार

प्रतिक्रिया दिनुहोस्

  • रक्सीसँग सितन

    हामीकहाँ एउटा भ्रम व्याप्त छ, ‘रक्सीसँग सितन टन्न खानुपर्छ, धेरै हानि गर्दैन ।’ उनीहरुको बुझाइ के हो भने सितन (स्न्याक्स) खाएपछि रक्सीको असर कम...

    • २ हप्ता अगाडी
    • ५ मिनेट पाठ
  • दशैंमा अझ सक्दो शारीरिक व्यायाम आवश्यक छ

    दशैं भन्नासाथ अझै पनि धेरैजसोले खाने, पिउने, रमाइलो गर्ने, राम्रो लगाउने भन्नेमा नै विश्वास गर्छन्। त्यही अनुसार तयारी समेत गर्छन्। पहिला–पहिला वर्षभरि मिठो परिकार...

    • २ हप्ता अगाडी
    • ४ मिनेट पाठ
  • दशैंमा मासु कति खाने ?

    चाडपर्वको बेलामा स्वास्थ्यको हेरचाह कसरी गर्ने ? चाडपर्व आएसँगै हामीले आफ्नो स्वास्थ्यलाई विशेष ख्याल गर्नुपर्ने हुन्छ। मुख्यतः खानपानमा ध्यान दिनुपर्छ। हेभी खाना खाने र चिल्लो...

    • २ हप्ता अगाडी
    • ५ मिनेट पाठ
  • गाँजाको अवैध तस्करीः चुनौतीपूर्ण बन्दै

    धरानः नेपालमा गाँजा खेतीलाई वैधानिकता दिने विषयमा नीतिगत बहस र छलफलहरू चुलिए तापनि व्यावहारिक रूपमा भने अवैध उत्पादन, प्रशोधन र तस्करी दिनानुदिन भयावह बन्दै...

    • ३ हप्ता अगाडी
    • ५ मिनेट पाठ
  • धरानको बीपी प्रतिष्ठानका प्रा.डा. सञ्जीवकुमार शर्मा विश्वका प्रभावशाली वैज्ञानिकको सूचीमा

    धरानः धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका प्राध्यापक डा. सञ्जीवकुमार शर्मा विश्वका प्रभावशाली वैज्ञानिकहरूको सूचीमा परेका छन् । विगत २६ वर्षदेखि विभिन्न रोगमा अनुसन्धान गर्दै...

    • ३ हप्ता अगाडी
    • ४ मिनेट पाठ
  • अब भूमिहीन सुकुम्बासीलाई जग्गा बाँड्न कानुनी गाँठो फुक्यो

    धरानः भूमिहीन नागरिकको वर्षौंदेखिको समस्या समाधान गर्ने तथा विद्यमान कानुनी अवरोध हटाउने उद्देश्यका साथ राष्ट्रपति रामचन्द्र पौडेलले भूमि र वनसम्बन्धी दुई अध्यादेश जारी गरेका...

    • ३ हप्ता अगाडी
    • ५ मिनेट पाठ

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend