Hamro Koshi Aawaj

शनिबार, कार्तिक २१ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानमा साम्सोहाङ परिवारद्वारा पहिलोपटक मन्त्री बनेका बलबहादुरलाई स्वागत, सम्मान

हाम्रो कोशी आवाज
भाद्र २४ २०७८, बिहिबार
धरानमा साम्सोहाङ परिवारद्वारा पहिलोपटक मन्त्री बनेका बलबहादुरलाई स्वागत, सम्मान

धरानः धरानमा साम्सोहाङ परिवार कल्याण संघले प्रदेश नं. १ का सामाजिक विकास मन्त्री बलबहादुर साम्सोहाङलाई सम्मान तथा बधाई ज्ञापन कार्यक्रम आयोजना गरेको छ ।
बुधबार साम्सोहाङ परिवार कल्याण संघको कार्यालय धरान–१९ मा अध्यक्ष लगत समसेर साम्सोहाङ अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा सामाजिक विकास मन्त्री साम्सोहाङले कार्यक्रममा धन्यावाद ज्ञापन गर्दै प्रदेश १ का जनतालाई रोजगारी प्रदान साथै जनताको जीवनस्तरमा सुधार गर्नेलगायत खेलकुदमा सुधार ल्याउने जस्ता योजनाहरु बन्दै गरेको बताएका छन् ।

ताप्लेजुङ पुख्यौली थलो भएका लिम्बू जातिको एक जाति साम्सोहाङ परिवारलाई संगठित गर्न, वंशावली निकाल्न र परिवारका पछाडि परेकाहरुलाई अगाडि बढाउन केन्द्रीय अध्यक्ष लगत समशेर सुब्बाको ठूलो योगदान रहेको मन्त्री साम्सोहाङले जानकारी दिए । उनले ९१ वर्षीय लगत समशेर साम्सोहाङमा अहिले पनि सक्रिय रहेको र अहिलेको धरान नगरको विकासमा पनि उनको महत्वपूर्ण योगदान रहेको बताए ।
मन्त्री बलबहादुर साम्सोहाङ परिवारवाट मन्त्री बन्ने पहिलो व्यक्ति भएको केन्द्रीय अध्यक्ष लगात समशेर साम्सोहाङले बताए । साम्सोहाङ परिवार देश विदेशको जुनसुकै ठाउँमा बसेको भएपछि एक आपसमा सम्बन्ध र परिचय हुनपर्ने उनको धारणा रहेको थियो । उनले अहिलेको राजनीतिक दलहरुको नेतृत्व सही नभएकाले देश अघि बढ्न नसकेको बताउँदै अब इमान्दार, देश विदेश घुमेर धेरै कुरा बुझेका भूपू लाहुरेहरुले देशको नेतृत्व गर्न आवश्यक भएको धारणा राखे ।
कार्यकममा प्रा.डा. टंक न्यौपाने, डा. योगेन्द्र पालुङ्वा, बम देवान, जुली साम्सोहाङ, बालनन्द साम्सोहाङ र माओवादी केन्द्रका नेता अइन्द्रविक्रम बेघाले मन्त्री साम्सोहाङलाई बधाई तथा शुभकामना व्यक्त गरेका थिए । अधिकांश वक्ताले धरानको सामाजिक समस्याको विषयमा पनि ध्यान दिन मन्त्रीलाई अनुरोध गरे । बधाई कार्यक्रमपछि संघको साधरणसभा सम्पन्न भएको संघका उपाध्यक्ष लेखी सुब्बाले बताए ।

प्रकाशित मिति: भाद्र २४ २०७८, बिहिबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend