Hamro Koshi Aawaj

बिहिबार, कार्तिक १९ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

बालबालिकालाई चाँडै नै कोरोनाविरूद्ध खोप : प्रधानमन्त्री

हाम्रो कोशी आवाज
भाद्र २९ २०७८, मंगलबार
बालबालिकालाई चाँडै नै कोरोनाविरूद्ध खोप : प्रधानमन्त्री

धरानः प्रधानमन्त्री शेरबहादुर देउवाले सरकार बालबालिकालाई कोभिड-१९ विरुद्धको खोप चाँडै नै उपलब्ध गराउन प्रयासरत रहेको बताएका छन्।
कोभिडको पछिल्लो लहरमा १८ वर्ष मुनिका बालबालिका अझ जोखिममा रहेका वैज्ञानिकहरूले बताइरहँदा प्रधानमन्त्री देउवाको यो भनाइ सार्वजनिक भएको हो।
५७औँ राष्ट्रिय बाल दिवसको अवसरमा शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री देउवाले कोभिड(१९ को नकारात्मक प्रभावबाट जोगाउन बालबालिकाको शिक्षा, स्वास्थ्य तथा संरक्षणका विषयमा थप प्रयास गर्न आवश्यक रहेको बताए। कोभिड-१९ बाट प्रभावित बालबालिकाका लागि प्रत्येक कोभिड अस्पतालमा कम्तीमा २० प्रतिशत शय्याको व्यवस्था गरिएको उनल उल्लेख गरे।
देउवाले बालबालिकाको अधिकार संरक्षण गर्दै बालमैत्री देश निर्माणका लागि प्रत्येक घरपरिवार बालमैत्री हुन जरुरी रहेको उल्लेख गर्दै समुदाय, सरकार तथा विद्यालय र स्वास्थ्य सेवा पनि बालमैत्री हुन आवश्यक रहेको बताएका छन्।

प्रकाशित मिति: भाद्र २९ २०७८, मंगलबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend