Hamro Koshi Aawaj

सोमबार, कार्तिक १६ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

कमेडी च्याम्पियनः कसले जित्ला कार ?

हाम्रो कोशी आवाज
असोज २ २०७८, शनिबार
कमेडी च्याम्पियनः कसले जित्ला कार ?

धरानः आज ‘कमेडी च्याम्पियन’ले सिजन-२ को च्याम्पियनको घोषणा गर्दैछ ।
यस सिजनको उपाधि भिडन्तमा ताप्लेजुङका भरतमणि पौडेल, गोरखाका सन्तोष थापा र सिक्किमका विक्की अग्रवाल छन् । यी तीन जना मध्ये भोटिङका आधारमा कमेडी च्‍याम्पियनको विजेता घोषणा गरिनेछ ।
यस बर्षको ‘कमेडी च्याम्पियन’ले गतबर्षको भन्दा कम चर्चा पायो । तर, उत्कृष्ट ४ को प्रस्तुतिका क्रममा विक्की अग्रवालले प्रस्तुत गरेको ‘पेन्टोमाइम’ र अर्का प्रतिस्पर्धी भरतमणी पौडेलले प्रस्तुत गरेको पूर्व यूवराज पारस शाहको ‘क्यारिकेचर’ले भने ‘शो’को चर्चालाई बढायो ।
ताप्लेजुङका भरतमणी पौडेल विभिन्न नेता तथा कलाकारको क्यारिकेचर गरेर चर्चामा छन् । उनले पूर्व युवराज पारस शाह, सांसद योगेश भट्टराई,पूर्वसंचारमन्त्री गोकुल प्रसाद बाँस्कोटा, राष्ट्रिय सभाका सांसद रामनारायण विडारी, नेता राजेन्द्र महत्तो लगायतको ‘क्यारिकेचर’ गरेर दर्शकको मन जितेका छन् ।
सिक्किमका विक्की अग्रवाल भने कमेडीमा नयाँ शैली/प्रयोगमा माहिर छन् । उनी कसैको पनि क्यारिकेचर गर्दैनन् । तर, समसामयिक बिषयदेखि विभिन्न प्रसंगलाई फरक ढंगले प्रस्तुत गर्दै दर्शकको मन जित्न सफल भएका छन् । विक्कीले आफ्नो कमेडीमा नयाँ खुराक पस्किरहेका छन् ।विक्कीले कमेडीलाई नयाँ ढंगले परिभाषित गर्ने कोशिश गरेको धेरैको वुझाई छ ।
गोरखाका सन्तोष थापा उत्कृष्ट ३ मध्येका अर्का प्रतिस्पर्धी हुन् । भलै, भरतमणी र विक्कीको जस्तो चर्चा सन्तोषको छैन । तर, निर्णायक मध्येका एक मनोज गजुरेल विक्की र भरतमणीको ‘फ्यूजन’को रुपमा सन्तोषलाई लिन्छन् ।
उपाधि भिडन्तमा रहेका गोरखाका सन्तोष थापालाई पूर्व प्रधानमन्त्री डा.बाबुराम भट्टराईको साथ छ । ताप्लेजुङका भरतमणिलाई पूर्व मन्त्री तथा एमाले नेता योगेश भट्टराईको साथ छ भने सिक्किमका विक्की अग्रवाललाई मुख्य मन्त्री प्रेम सिंह तामाङको साथ छ । विक्कीलाई मुख्य मन्त्री तामाङले ६ लाख आईसी दिएर सेमिफाइनल अगाडि नै भोटका लागि सहयोग गरेका थिए ।
भरतमणिलाई योगेशले भोटका लागि अपिल नै गरेका छन् भने उनले यसअघि नै आफ्नै पहलमा ६ लाख रुपैयाँको पुरस्कारको घोषणा गरिसकेका छन् । उक्त पुरस्कार कमेडी च्याम्पियनको सेटबाट बाहिर आएपछि हस्तान्तरण गर्ने बताइएको छ ।
फाइनलका लागि विभिन्न प्रस्तुतिको छायांकन बुधबार नै भैसकेको छ । अब,आज यो शोको निर्माण टिमले विजेताको घोषणा भने लाइभ नै गर्नेछ ।

प्रकाशित मिति: असोज २ २०७८, शनिबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend