Hamro Koshi Aawaj

शनिबार, कार्तिक २१ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानमा कांग्रेस १४ औं महाधिवेशनः सात पदमा भिडन्त हुँदै

हाम्रो कोशी आवाज
असोज ८ २०७८, शुक्रबार
धरानमा कांग्रेस १४ औं महाधिवेशनः सात पदमा भिडन्त हुँदै

धरानः कांग्रेस १४ औं नगर अधिवेसन धरानको समुद्घाटन भएको छ ।
धरान–१५ स्थित चुम्लुङ भवनमा नेपाली कांग्रेस धरान उमहानगर समितिको आयोजनामा १४ औं नगर अधिवेसनको समुद्घाटन भएको हो । समुद्घाटन समारोहमा पब्लिक स्कुलका पूर्व प्राध्यानाध्यापक राजेन्द्र प्रसाद आचार्यलाई चन्द्रप्रसाद श्रेष्ठ शिक्षा पुरस्कार प्रदान गरिएको थियो ।
नेपाली कांग्रेस धरानका सभापति एवं मेयर तिलक राईले आफ्नो सेवा सुविधावापतको रकम १ लाख ५० हजार रुपैयाँ चन्द्रप्रसाद श्रेष्ठ शिक्षा पुरस्कार कोषको स्थापना गरिदिएका हुन् ।
कोषका संस्थापक शिक्षण पेशामा रही अवकाशप्राप्त श्रेष्ठले कोषका लागि १ लाख ५० हजार रुपैयाँ राखेका थिए भने नेपाल शिक्षक संघ धरानले ५० हजार रुपैयाँ कोषमा प्रदान गरेका थिए । यस वर्ष पब्लिक स्कुलका पूर्व प्राध्यानाध्यापक आचार्यलाई नगद २० हजार रुपैयाँसहित सम्मानपत्रले सम्मान गरिएको हो ।
हरेक वर्ष शिक्षा क्षेत्रमा योगदान पुर्याएका व्यक्तिलाई उक्त पुरस्कार प्रदान गरिनेछ । कांग्रेस धरानका सभापति एवं मेयर राईले चन्द्र सरको नाममा पुरस्कार कोष खडा गरेर राजेन्द्र सरलाई सम्मान गर्नु पाउँदा अत्यन्तै गर्व लागेको बताए । पुरस्कार कोषका संस्थापक श्रेष्ठले मेयर राईले पुरस्कार खडा गरिदिएको भन्दै प्रशंसा गरे । उनले शिक्षा र स्वास्थ्यको लागि दिएको सम्मान कहिले खेर नजाने बताए ।

कार्यक्रमका प्रमुख अतिथि समेत रहेका प्रदेश एकका प्रदेशसभा सदस्य चन्द्रप्रसाद श्रेष्ठ (डिआईजी)ले शनिबार हुन गइरहेको अधिवेसनबाट सबल र सक्षम नेतृत्वलाई चुन्नुपर्ने बताए । कांग्रेस धरानका सचिव समेत रहेका सभापतिका प्रत्यासी उम्मेद्वार श्याम पोखरेलले १३ औं महाधिवेसनमा ३३ सय भन्दा बढीले मत दिएर जिताएको बताउँदै पाँच वर्षे कार्यकालमा धरानमा आफ्नै पार्टी कार्यालय भवन निर्माण गर्न सकेको, धरान–१३ स्थित बीपी पार्कमा बीपीको पूर्ण कदको शालिक निर्माण गरेको, उपनिर्वाचनमा मेयर पदमा ऐतिहासिक जित हासिल गर्न सकेको, वार्षिक नगरसभा, पार्टीको कार्यकर्तालाई विभिन्न प्रशिक्षण कार्यक्रम गरेको जानकारी दिए ।
उनले १३ औं महाधिवेसन अघिको नेतृत्वले पार्टी कार्यालय भवन निर्माण गर्ने भनेर संकलन गरेको पैसा अहिलेसम्म फछ्र्यौट नगरेको आरोप समेत लगाए । भवन निर्माण गर्न १३ औं महाधिवेशनबाट आएको नेतृत्व सफल भएको बताउँदै उनले यही नेतृत्व आएपछि धरानको कांग्रेसमा आकर्षण बढ्दै गएको बताए ।
कांग्रेस धरानका सभापति एवं मेयर तिलक राईले धरानका कांग्रेलाई मजबुत बनाउने काम आफ्नै कार्यकालमा बताए । उनका अनुसार शनिबार धरानमा सभापति, उपसभापति, सचिव, सहसचिव पदमा निर्वाचन हुनेछ । धरानका २० वडाहरुबाट निर्वाचक मण्डलमा छानिएका ४७० क्षेत्रीय प्रतिनिधि, २० वडाका बुथ अध्यक्ष र सांसद लगायत मतदान गर्न पाउनेछन् । उनले भोली सात पदमा धरानमा निर्वाचन हुने जानकारी दिँदै नेपाली कांग्रेस धरान उपमहानगर समितिको सदस्य पदमा निर्विरोध निर्वाचित भएका सम्पूर्ण सदस्यहरुलाई बधाईसहित शुभकामना समेत प्रकट गरे ।
कार्यक्रक्रममा नेपाली कांग्रेस सुनसरी क्षेत्र नं. १ सभापति सुरेशमान श्रेष्ठ, जिल्ला सदस्य माधव घिसिङ, नेपाल महिला संघ सुनसरीका सचिव निर्मला शाक्य, तरुण दल धरानका सभापति हिमाल श्रेष्ठ, २ नं. वडाका बुथ सभापति सुधिरसिंह लिम्बूलगायत बुथ सभापतिहरुले सम्बोधन गरेका थिए ।
तस्वीरहरुः लमण थापा

प्रकाशित मिति: असोज ८ २०७८, शुक्रबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend