Hamro Koshi Aawaj

सोमबार, कार्तिक १६ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

तथ्याङ्कः नेपालमा प्रतिव्यक्ति ७५ लिटर मात्र सेवन

हाम्रो कोशी आवाज
असोज १२ २०७८, मंगलबार
तथ्याङ्कः नेपालमा प्रतिव्यक्ति ७५ लिटर मात्र सेवन

धरानः नेपालमा प्रतिव्यक्ति प्रतिवर्ष ९२ लिटर दूध सेवन गर्नुपर्नेमा नेपालमा हाल ७५ लिटर मात्र सेवन हुने गरेको तथ्याङ्कले देखाएको छ । अब आगामी दिनमा कम्तीमा बालबालिकाका लागि मात्र भए पनि प्रतिवर्ष ९२ लिटर पुर्याउनुपर्ने अनिवार्यता देखिएकाले सरोकारवाला यसमा लाग्नुपर्ने नेपाल डेरी एशोसिएशनले निष्कर्ष निकालेको हो ।

विश्वमा कुनै पनि बालबालिकाले दूध तथा दुग्ध पदार्थ सेवनबाट बञ्चित हुन नपरोस् भनेर स्कुल दूध दिवस सेप्टेम्बर महिनाको अन्तिम बुधबारका दिन विगत २१ वर्षदेखि विश्वभर सन् २००० देखि भव्यताका साथ मनाउने गरिन्छ । नेपालमा विसं २०७३ देखि नेपाल डेरी एशोसिएशनले पहिलोपटक सुरु गरेको थियो । विसं २०७८ मा छैटौँ विश्व स्कुल दूध दिवसका अवसरमा यस वर्ष एशोसिएशनका सबै प्रदेश, जिल्ला, पालिकालगायत ठाउँमा विभिन्न कार्यक्रम गरी मनाउने तयारी गरिएको एशोसिएशनका केन्द्रीय महासचिव प्रल्हाद दाहालले जानकारी दिए ।

यता बागमती प्रदेशमा भने राष्ट्रिय दुग्ध विकास बोर्डका कार्यकारी निर्देशक राजेन्द्र यादवको प्रमुख आतिथ्यतामा काठमाडौँका विभिन्न विद्यालयमा बालबालिकालाई दूध सेवन गराई सरोकारवाला निकायको सहयोग र सहभागितामा मनाइने कार्यक्रम तय गरिएको एशोसिएशनले जनाएको छ ।

दूधलाई पूर्ण भोजनका रूपमा लिइन्छ । मानिसको जन्मने बेलाको प्रथम आहार दूध नै हो । जन्मेको छ महिनासम्म बच्चालाई दूध मात्र दिइन्छ र दूध मानिसको जीवनको महत्वपूर्ण कुरा हो । जन्मेको दिनदेखि मर्ने बेलासम्म र मरिसकेपछि पनि हाम्रो संस्कारका लागिसमेत दूधको आवश्यकता पर्दछ । विश्व इतिहास हेर्दा पनि जो जति विश्व प्रख्यात भए ती अधिकांश व्यक्ति शाकाहारी विशेषगरी दूध सेवनलाई महत्व दिने कुराको पुष्टि भइसकेको छ ।

गौतमबुद्धदेखि महात्मा गान्धि र वर्तमान भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसम्म सबैले दूधलाई प्राथमिकताका साथ लिइने गरेको पाइन्छ । यस अर्थमा पनि के पुष्टि हुन्छ भने दूध सेवन गर्दा मानिसको दिमागमा सकारात्मक सोचको विकास हुने र दिमाग तेजिलो हुने कुरा वैज्ञानिकले पुष्टि गरिसकेका छन् । जापान, कोरिया र चीनजस्ता विकसित देशमा बालबालिकालाई दूध सेवन अनिवार्य गरिएको छ ।

बालबालिकालाई दूधको महत्वबारे बताउँदै अनिवार्य दूध सेवन गर्न प्रेरित गर्नुपर्छ । दूधबारे अभिभावकले र शिक्षक शिक्षिकाले पनि राम्रोसँग बुझेर सबै बालबालिकालाई दूध तथा दुग्ध पदार्थ सेवन गराउनुपर्ने छ । विद्यार्थीलाई दैनिकरूपमा दूध र दुग्ध पदार्थ सेवन गर्दा हुने फाइदाको बारेमा पनि शिक्षक शिक्षिकाको भूमिका महत्वपूर्ण हुनेछ । साथै विद्यालयले पनि दूध सेवनमा प्राथमिकता दिन अभिभावकलाई दूधको जानकारीसहित आग्रह गर्नुपर्छ । रासस

प्रकाशित मिति: असोज १२ २०७८, मंगलबार

प्रतिक्रिया दिनुहोस्

  • रक्सीसँग सितन

    हामीकहाँ एउटा भ्रम व्याप्त छ, ‘रक्सीसँग सितन टन्न खानुपर्छ, धेरै हानि गर्दैन ।’ उनीहरुको बुझाइ के हो भने सितन (स्न्याक्स) खाएपछि रक्सीको असर कम...

    • २ हप्ता अगाडी
    • ५ मिनेट पाठ
  • दशैंमा अझ सक्दो शारीरिक व्यायाम आवश्यक छ

    दशैं भन्नासाथ अझै पनि धेरैजसोले खाने, पिउने, रमाइलो गर्ने, राम्रो लगाउने भन्नेमा नै विश्वास गर्छन्। त्यही अनुसार तयारी समेत गर्छन्। पहिला–पहिला वर्षभरि मिठो परिकार...

    • २ हप्ता अगाडी
    • ४ मिनेट पाठ
  • दशैंमा मासु कति खाने ?

    चाडपर्वको बेलामा स्वास्थ्यको हेरचाह कसरी गर्ने ? चाडपर्व आएसँगै हामीले आफ्नो स्वास्थ्यलाई विशेष ख्याल गर्नुपर्ने हुन्छ। मुख्यतः खानपानमा ध्यान दिनुपर्छ। हेभी खाना खाने र चिल्लो...

    • २ हप्ता अगाडी
    • ५ मिनेट पाठ
  • गाँजाको अवैध तस्करीः चुनौतीपूर्ण बन्दै

    धरानः नेपालमा गाँजा खेतीलाई वैधानिकता दिने विषयमा नीतिगत बहस र छलफलहरू चुलिए तापनि व्यावहारिक रूपमा भने अवैध उत्पादन, प्रशोधन र तस्करी दिनानुदिन भयावह बन्दै...

    • ३ हप्ता अगाडी
    • ५ मिनेट पाठ
  • धरानको बीपी प्रतिष्ठानका प्रा.डा. सञ्जीवकुमार शर्मा विश्वका प्रभावशाली वैज्ञानिकको सूचीमा

    धरानः धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका प्राध्यापक डा. सञ्जीवकुमार शर्मा विश्वका प्रभावशाली वैज्ञानिकहरूको सूचीमा परेका छन् । विगत २६ वर्षदेखि विभिन्न रोगमा अनुसन्धान गर्दै...

    • ३ हप्ता अगाडी
    • ४ मिनेट पाठ
  • अब भूमिहीन सुकुम्बासीलाई जग्गा बाँड्न कानुनी गाँठो फुक्यो

    धरानः भूमिहीन नागरिकको वर्षौंदेखिको समस्या समाधान गर्ने तथा विद्यमान कानुनी अवरोध हटाउने उद्देश्यका साथ राष्ट्रपति रामचन्द्र पौडेलले भूमि र वनसम्बन्धी दुई अध्यादेश जारी गरेका...

    • ३ हप्ता अगाडी
    • ५ मिनेट पाठ

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend