Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

वायु प्रदूषणका कारण ५९ लाख बच्चा समयअगावै जन्मन्छन्

हाम्रो कोशी आवाज
असोज २१ २०७८, बिहिबार
वायु प्रदूषणका कारण ५९ लाख बच्चा समयअगावै जन्मन्छन्

धरानः विश्वभरमा प्रत्येक वर्ष ५९ लाख नवजात शिशुको वायु प्रदूषणका कारण समय अगावै जन्मिन्छन्। त्यसरी जन्मिने शिशुहरूमध्ये करिब २८ लाखको तौल कम हुन्छ। जन्मने समयमा बच्चाको तौल साढे दुई किलो वा त्योभन्दा माथि हुनुपर्छ।
युनिभर्सिटी अफ क्यालिफोर्नियाका वैज्ञानिक राकेश घोषको नेतृत्वमा भएको एक अनुसन्धनले सो कुरा पत्ता लगाएको हो। उक्त शोध २८ सेप्टम्बर २०२१ मा जर्नल प्लस मेडिसिनमा प्रकाशित भएको थियो। शोधमा घरभित्र र बाहिर दुवै स्थानको वायु प्रदूषणको प्रभावको विश्लेषण गरिएको थियो।
विश्व स्वास्थ्य संगठनले गरेको अध्ययनअनुसार प्रत्येक वर्ष २ करोड नवजात शिशुको तौल स्वभाविकभन्दा कम हुन्छ। यसको कारण वायु प्रदूषणकै कारणले हुने गरेको हो।
ग्लोबल बर्डन अफ डिजिज (जीबीडी) २०१९ का अनुसार पाँच वर्षभन्दा कम उमेरका ३४ प्रतिशत बच्चाको मृत्युको कारण जन्मँदा कम तौल हुनु रहेको छ। यसका साथै २० प्रतिशत शिशुको मृत्युको कारण समय नपुग्दै जन्मिनु रहेको छ।
घरभित्र हुने प्रदूषणमा महिलाहरू बढी प्रभावित हुने गरेको पाइएको छ। कोइला र काठबाट चल्ने चुह्लोमा काम गर्ने महिलाहरू यसबाट बढी प्रभावित हुने गरेको अध्ययनमा देखिएको थियो।
जन्मँदा कम तौल हुने तथा समय नपुग्दै जन्मेका बच्चामा जीवनभर गम्भीर रोग देखिने जोखिम हुन्छ। विश्व स्वास्थ्य संगठनका अनुसार वायु प्रदूषणको समस्या विश्वका करिव ९० प्रतिशत मानिसले खेपिरहेका छन्।
वायु प्रदूषणले मानिसलाई विस्तारै मृत्युको मुखमा धकेल्दै छ। विश्वको करिब आधा जनसंख्या घरभित्र हुने वायु प्रदूषणको मारमा छन्।
युनिभर्सिटी अफ क्यालिफोर्निया र यस शोधसँग जोडिएका प्रमुख शोधकर्ता राकेश घोषले वायु प्रदूषणको बोझलाई मानवीय प्रयासबाट कम गर्न सकिने बताएका छन्।
जलवायु परिवर्तन र वायु प्रदूषणमा लगाम लगाउँदा नवजात शिशुको स्वास्थ्यमा फाइदा पुग्ने राकेशले बताए। उनका अनुसार दक्षिण पूर्व एसिया तथा अफ्रिकामा वायु प्रदूषणलाई कम गर्दा विश्व स्तरमा नवजात शिशुको पहिले जन्मिने वा मृत्यु हुने दर ७८ प्रतिशतले घट्न सक्छ।
अमेरिकामा घर बाहिर हुने वायु प्रदूषणका कारण सन् २०१९ मा करिब १२ हजार बच्चाको जन्म समय अगावै भएको थियो। यसभन्दा पहिले अन्तर्राष्ट्रिय जर्नल नेचर सस्टेनेबिलियटीमा प्रकाशित शोधका अनुसार गर्भवती महिलामा वायु प्रदूषणको सम्पर्कमा आउँदा गर्भपतनको जोखिम ५० प्रतिशत बढी हुन्छ।
शोधका अनुसार हावामा १० माइक्रोग्राम प्रति क्युबिक मिटर सल्फर डाइअक्साइड गर्भपतनको जोखिम ४१ प्रतिशतले बढेको छ। जबकि वायु प्रदूषण भन्दा गर्भपतनको जोखिम ५२ प्रतिशतले बढेको छ।

प्रकाशित मिति: असोज २१ २०७८, बिहिबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend