धरानः प्रदेश नम्बर १ का पूर्व मुख्यमन्त्री शेरधन राईले १० औँ महाधिवेशनमा सचिव पदबाट पछि नहट्ने बताएका छन् ।
उनले भने ‘पार्टी प्रतिको मेरो योगदान र कर्मनिष्ठतालाई ध्यानमा राख्दै म सचिव पदका लागि योग्य छु भन्ने ठानेको छु । १० औँ राष्ट्रिय महाधिवेशनमा मेरो सचिव पदमा दाबेदारी रहने छ । यसबाट पछि हट्ने सोचेको छैन ।’
नेकपा एमालेको पोलिटब्युरो सदस्य समेत रहेका राई पूर्व सूचना तथा सञ्चर मन्त्री समेत हुन् ।
