Hamro Koshi Aawaj

सोमबार, कार्तिक १६ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

कोरोनाको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ बाट बच्च सतर्कता अपनाउन सुझाव

हाम्रो कोशी आवाज
मंसिर १२ २०७८, आइतबार
कोरोनाको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ बाट बच्च सतर्कता अपनाउन सुझाव

धरानः विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ)ले नेपाललाई कोरोना भाइरसको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ बाट बच्न उच्च सतर्कता अपनाउन सुझाव दिएको छ ।
डब्ल्यूएचओको दक्षिण–पूर्वी एसियाका क्षेत्रीय निर्देशक पुनम खेत्रपाल सिंहले आज आइतवार एक विज्ञप्ति निकालेर ओमिक्रोन भेरियन्ट अति जोखिमपूर्ण रहेको भन्दै नेपालसहितका देशलाई निगरानी, सामाजिक दुरी, मास्क अनिवार्य, खोप कार्यक्रम प्रभावकारी रूपमा सञ्चालनलगायतका कामलाई उच्च प्राथमिकता दिन आग्रह गरेका छन् ।
नेपालमा महामारी कम हुँदै जानु राम्रो भए पनि सीमित स्रोत–साधन र जनचेतनाको कमीका कारण कोरोनाको नयाँ भेरियन्टले ठूलो असर गर्ने भएकाले पूर्वतयारी र सतर्कतालाई जोड दिन डब्ल्यूएचओको आग्रह छ । विदेश आउजाउ गर्नेमाथि उच्च निगरानी गर्न र भिडभाडलाई नियन्त्रण गर्न डब्ल्यूएचओको सुझाव छ ।
अहिले दक्षिण–पूर्वी एसियाका ३१ प्रतिशत नागरिकले पूर्ण र २१ प्रतिशतले कम्तीमा पहिलो मात्रा कोरोनाविरुद्धको खोप लगाएका छन् । ४८ प्रतिशत अर्थात् एक अर्ब जना नागरिकले अहिलेसम्म पहिलो मात्रा कोरोनाविरुद्धको खोप लगाउन नपाएको डब्ल्यूएचओले जनाएको छ ।
कोरोनाको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ यूरोप र अमेरिकी देशहरूमा तीव्र गतीमा फैलिरहेको विश्व स्वास्थ्य संगठनले जनाएको छ ।
२४ नोभम्बरमा दक्षिण अफ्रिकामा देखिएको ‘ओमिक्रोन’ कोरोनाको अहिलेसम्मकै छिटो फैलने भेरियन्ट भएको समेत संगठनले जनाएको छ । यसले विश्वभरि पुनः तीव्र गतीमा महामारी फैलाउन सक्ने भन्दै बहस सुरु भएको छ ।
बेल्जियम, हङकङ, क्यानडा, रसिया, जर्मनी, अमेरिकालगायत देशमा ‘ओमिक्रोन’को संक्रमण फैलिन थालिसकेको छ । न्यूयोर्कमा त आपत्काल नै घोषणा गरिएको छ ।
कोरोनाको यो तीव्र गतीमा फैलने गरी भाइरसमा भएको म्युटेसनले अब उपलब्ध भएको खोपमाथि नै चुनौती खडा गर्ने सम्भावना उच्च रहेको सरुवा रोग विशेषज्ञ तथा शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुका रिसर्च युनिटका प्रमुख डा. शेरबहादुर पुनले जानकारी दिए ।
‘अफ्रिकामा पछिल्लो समय यो यति छिटो फैलिएको छ कि हामीले यसबारे अहिले नै सोच्नुपर्ने देखिएको छ ।’ स्पाइक प्रोटिन (भाइरसको बाहिरको चुच्चो) मा अत्यन्तै धेरै म्युटेसन देखिएकाले यो निकै संक्रामकसमेत रहेको उनले जानकारी दिए ।
विगतमा थाहा पाउँदा पनि हामीले भाइरसको संक्रमण नियन्त्रण गर्न धेरै कठिन भएको कारण समयमा नै सीमाबारे व्यवहारिक निर्णय गर्नुपर्ने डा. पुनको सुझाव छ ।

प्रकाशित मिति: मंसिर १२ २०७८, आइतबार

प्रतिक्रिया दिनुहोस्

  • रक्सीसँग सितन

    हामीकहाँ एउटा भ्रम व्याप्त छ, ‘रक्सीसँग सितन टन्न खानुपर्छ, धेरै हानि गर्दैन ।’ उनीहरुको बुझाइ के हो भने सितन (स्न्याक्स) खाएपछि रक्सीको असर कम...

    • २ हप्ता अगाडी
    • ५ मिनेट पाठ
  • दशैंमा अझ सक्दो शारीरिक व्यायाम आवश्यक छ

    दशैं भन्नासाथ अझै पनि धेरैजसोले खाने, पिउने, रमाइलो गर्ने, राम्रो लगाउने भन्नेमा नै विश्वास गर्छन्। त्यही अनुसार तयारी समेत गर्छन्। पहिला–पहिला वर्षभरि मिठो परिकार...

    • २ हप्ता अगाडी
    • ४ मिनेट पाठ
  • दशैंमा मासु कति खाने ?

    चाडपर्वको बेलामा स्वास्थ्यको हेरचाह कसरी गर्ने ? चाडपर्व आएसँगै हामीले आफ्नो स्वास्थ्यलाई विशेष ख्याल गर्नुपर्ने हुन्छ। मुख्यतः खानपानमा ध्यान दिनुपर्छ। हेभी खाना खाने र चिल्लो...

    • २ हप्ता अगाडी
    • ५ मिनेट पाठ
  • गाँजाको अवैध तस्करीः चुनौतीपूर्ण बन्दै

    धरानः नेपालमा गाँजा खेतीलाई वैधानिकता दिने विषयमा नीतिगत बहस र छलफलहरू चुलिए तापनि व्यावहारिक रूपमा भने अवैध उत्पादन, प्रशोधन र तस्करी दिनानुदिन भयावह बन्दै...

    • ३ हप्ता अगाडी
    • ५ मिनेट पाठ
  • धरानको बीपी प्रतिष्ठानका प्रा.डा. सञ्जीवकुमार शर्मा विश्वका प्रभावशाली वैज्ञानिकको सूचीमा

    धरानः धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका प्राध्यापक डा. सञ्जीवकुमार शर्मा विश्वका प्रभावशाली वैज्ञानिकहरूको सूचीमा परेका छन् । विगत २६ वर्षदेखि विभिन्न रोगमा अनुसन्धान गर्दै...

    • ३ हप्ता अगाडी
    • ४ मिनेट पाठ
  • अब भूमिहीन सुकुम्बासीलाई जग्गा बाँड्न कानुनी गाँठो फुक्यो

    धरानः भूमिहीन नागरिकको वर्षौंदेखिको समस्या समाधान गर्ने तथा विद्यमान कानुनी अवरोध हटाउने उद्देश्यका साथ राष्ट्रपति रामचन्द्र पौडेलले भूमि र वनसम्बन्धी दुई अध्यादेश जारी गरेका...

    • ३ हप्ता अगाडी
    • ५ मिनेट पाठ

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend