धरानः अन्ततः नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अध्यक्ष पदमा उम्मेदवारी दर्ता गराएका छन् ।
चितवनमा जारी पार्टीको १० औं महाधिवेशनमा अध्यक्ष ओलीले अध्यक्षमा उम्मेदवारी दर्ता गराएका हुन् । अध्यक्ष मण्डलका तर्फबाट अध्यक्ष ओलीले आफूसहित १९ जना पदाधिकारीको सूची घोषणा गरेका थिए । अर्को पक्षबाट एमाले अध्यक्षका लागि उपाध्यक्ष भीम रावलले पनि उम्मेदवारी दर्ता गराइसकेका छन् । चितवनमा जारी एमालेको १०औँ महाधिवेशनअन्तर्गत सोमबार बिहानदेखि चुनावी प्रक्रिया सुरु भएको हो । यससँगै ओली र रावलबीच चुनाव हुने निश्चितप्रायः छ । ओलीको प्रस्तावकमा विष्णु पौडेल र समर्थकमा शंकर पोखरेल समर्थक रहेका छन् । एमालेमा सर्वसम्मतबाटै नेतृत्व चयनको प्रयास गरिएको पनि अन्नतमा निर्वाचन हुने भएको छ।