Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

ओमिकर्न भाइरसबारेमा अनावश्यक हल्ला नफैलाउन डब्लुएचओको आग्रह

हाम्रो कोशी आवाज
मंसिर १८ २०७८, शनिबार
ओमिकर्न भाइरसबारेमा अनावश्यक हल्ला नफैलाउन डब्लुएचओको आग्रह

धरानः विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले कोरोनाको नयाँ भेरियन्ट ओमिकर्नको बारेमा अनावश्यक हल्ला फिजाइएको भन्दै चिन्ता व्यक्त गरेको छ ।
डब्लुएचओले कोरोना संक्रमणको अवस्था अघिल्लो वर्षको जस्तै रहेकाले सचेत हुन आग्रह गरेको छ । पछिल्ला केही दिनयता ओमिकर्नका बारेमा भ्रामक हल्ला फिजाइएकाले यसले आम सर्वसाधारणलाई आतंकित पाएको पनि डब्लुएचओले दावी गरेको छ ।
डब्लुएचओका शीर्ष वैज्ञानिक सौम्या स्वामीनाथले ओमिकर्न विश्वका ४० देशमा पुगिसकेकाले अनावश्यक हल्लाको पछि लाग्नुभन्दै स्वास्थका मापदण्ड पालना गर्नु उत्तम हुने बताए । उनले कोरोनाको नयाँ स्वरुपमा देखा परेको ओमिकर्नविरुद्ध खोप लगाउन पनि आग्रह गरे ।
दक्षिण अफ्रिकाबाट सुरु भएको भनिएको ओमिकर्न अघिल्लो वर्षको कोरोनाकै परिवर्तित स्वरुप भएकाले स्वास्थ्य सावधानी अपनाउनु महत्वपूर्ण हुने डब्लुएचओको सुझाव छ ।
भारतमा पनि दुईजनामा ओमिकर्न संक्रमित फेला परेको समाचारमा जनाइएको छ ।

प्रकाशित मिति: मंसिर १८ २०७८, शनिबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend