धरानः सरकारले उधौली पर्व, योमरी पुन्ही ज्यापु दिवस (धान्य पूर्णिमा) को अवसरमा आइतबार सार्वजनिक विदा दिने निर्णय गरेको छ ।
सरकारले पुस ४ गते आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेको हो । पुस १ गते बसेको मन्त्रिपरिषद बैठकले आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेको गृह मन्त्रालयले जनाएको छ ।
देशभर सम्बन्धित समुदायका लागि र काठमाडौं उपत्यकामा विदा दिने बिहीबार बसेको मन्त्रिपरिषद्ले निर्णय गरेको गृह मन्त्रालयले जनाएको छ ।
‘विसं ०७८ साल पौष ४ गते आइतबारका दिन उधौली पर्व, योमरी पुन्ही ज्यापु दिवस (धान्य पूर्णिमा) को अवसरमा देशभरका सम्बन्धित समुदायका लागि विदा र काठमाडौं उपत्यकामा सार्वजनिक बिदा दिने नेपाल सरकार मन्त्रिपरिषद्बाट मिति २०७८–०९–०१ गते निर्णय भएको हुँदा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ’, मन्त्रालयले आज जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
