Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

पुसभित्र दुई तिहाइलाई खोप लगाइसक्ने !

हाम्रो कोशी आवाज
पुष ११ २०७८, आइतबार
पुसभित्र दुई तिहाइलाई खोप लगाइसक्ने !

धरानः कोभिड-१९ विरुद्ध लड्न खोपलाई प्राथमिकता दिँदै आएको नेपालले हालसम्म दुई करोड १२ लाख मात्रा खोप लगाइसकेको छ ।
तीमध्ये पहिलो मात्राको खोप लगाउनेको सङ्ख्या एक करोड ३३ लाख ९९ हजार ६०७ छ भने पूर्ण खोप प्राप्त गर्नेको सङ्ख्या ९४ लाख ५० हजार रहेको छ। नेपालले गत माघदेखि खोप लगाउन थालेको हो ।
एक वर्षमा नेपालले विश्व बजारमा आएका छवटा खोप प्रयोग गरिसकेको छ। कोभिसिल्ड, एस्ट्राजेनिका, भेरोसेल साइनोफार्म, जोन्सन एन्ड जोन्सन, फाइजर बायोन्टेक र मोडर्ना प्रयोग गरिएको छ। १८ वर्षभन्दा माथिको उमेर समूहलाई यसअघि लगाइसकिएको छ भने १२ देखि १८ वर्ष उमेर समूहलाई यही पुस ४ गतेबाट खोप अभियान सुरु गरिएको छ। सो समूहकालाई फाइजर बायोन्टेक र मोडर्ना खोप लगाउन थालिएको छ ।
यी खोप हालसम्म तीन करोड ३२ लाख ९० हजार ३३० मात्रा आइसकेको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव डा. रोशन पोखरेलले सरकारले एक करोड २० लाख खोप खरिद गरेको र बाँकी खोप कोभ्याक्स सुविधा, विभिन्न मुलुकबाट सहयोगका रूपमा प्राप्त भएको बताए ।

उनले सबै नेपालीलाई आगामी चैत मसान्तसम्ममा खोप लगाउने काम सम्पन्न गर्न सरकारले थप खोप खरिद प्रक्रिया अघि बढाइरहेको छ भने विभिन्न मुलुकसँग खोप सहयोगका लागि पहल गरिएको बताए । सरकारले विभिन्न स्थानमा रहेको खोप भण्डारमा करिब ६८ लाख खोप सुरक्षित रहेको बताएको छ। यही पुस महिनासम्म १८ वर्षभन्दा माथिको ६६ प्रतिशत जनसङ्ख्या र चैत महिनासम्म सबैलाई खोप लगाइसक्ने लक्ष्यसाथ सरकारले काम गरिरहेको छ ।

प्रकाशित मिति: पुष ११ २०७८, आइतबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend