Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

इनरुवाका उमेश रेग्मी र सञ्जीवनीको ‘प्रिय तिम्रो तस्वीर’ सार्वजनिक (भिडियो)

हाम्रो कोशी आवाज
पुष ११ २०७८, आइतबार
इनरुवाका उमेश रेग्मी र सञ्जीवनीको ‘प्रिय तिम्रो तस्वीर’ सार्वजनिक (भिडियो)

धरानः गीतकार तथा संगीतकार उमेश रेग्मीले भारतीय गायिका सञ्जीवनीको आवाजमा रहेको नयाँ गीत ‘प्रिय तिम्रो तस्वीर कोर्न लाग्छ’ आफ्नो युट्युब च्यानल गोत्र इन्टरटेनमेन्ट मार्फत् सार्वजनिक गरेका छन् ।
पुरानो हुँदैन माया, डाँडापाखा छहाराले, पानी मिठो मेरो हजुर जस्तो सदाबहार नेपाली गीतकी गायिका सञ्जीवनीको नयाँ नेपाली गीत लामो समयको अन्तरालमा सार्वजनिक भएको हो ।
गीतकार तथा संगीतकार उमेश रेग्मीको भावलाई गायिका सञ्जीवनीले आफ्नो आवाजको जादुले अझ कर्णप्रिय बनाइदिएकी छिन् । उनको पुरानो गीतहरुझै यो गीत पनि युगौयुगसम्म सुनिने गीतहरुको श्रेणीमा पुगेको छ । देवेन्द्र नेवाको संगीत संयोजन रहेको गीतकार तथा संगीतकार उमेश रेग्मीको यो गीत उनको उत्कृष्ट सृजना बन्न पुगेको छ ।
म्युजिक भिडियोसहित सार्वजनिक गरिएको गीतको भिडियोको निर्देशन सोनम पाख्रिन, छायाङ्कन बुद्ध थापा, सम्पादन सुशील न्यौपानेले गरेका छन् भने स्मृति श्रेष्ठ र कमल सिंहको अभिनय भिडियोमा हेर्न सकिन्छ ।

प्रकाशित मिति: पुष ११ २०७८, आइतबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend