Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

नेपालमा पनि ओमोक्रन भेरियन्ट बढ्ने मन्त्रालयको प्रक्षेपण

हाम्रो कोशी आवाज
पुष २३ २०७८, शुक्रबार
नेपालमा पनि ओमोक्रन भेरियन्ट बढ्ने मन्त्रालयको प्रक्षेपण

धरानः नेपालमा पनि ओमोक्रन भेरियन्ट तीब्र रफ्तारमा बढ्दै गएको भन्दै स्वास्थ्य मन्त्रालयले सबै अस्पताललाई तयारी अवस्थामा रहन निर्देशन दिएको छ।
आज विज्ञप्ति जारी गर्दै मन्त्रालयले १ हजार १ सय ४६ कोभिड १९ पोजेटिभ नमुनाको एस जिन स्क्रिनिङ गरे २ सय ५० वटामा एस जिन नेगेटिभ फेला पारेको र सोमध्ये २४ स्याम्पलमा जिन सिक्वेन्सिङ गर्दा सबैमा ओमोक्रन भेरियन्ट पुष्टि भएको जनाएको छ। पुस महिनाको र्‍यान्डम विधिबाट नमुना छनोट गरेर परीक्षण गर्दा अवस्था यस्तो देखिएको मन्त्रालयले जनाएको छ।
‘ओमोक्रन भेरियन्टले गर्दा हुनसक्ने अत्यधिक विरामीहरुको चापलाई मध्यनजर गर्दै सबै अस्पतालहरुलाई तयारी अवस्थामा रहन,’ मन्त्रालयको विज्ञप्तिमा भनिएको छ, ‘ उपचारका लागि आवश्यक पर्ने अक्सिजन लगायत अन्य सामग्रीहरुको यथेष्ट जोहो गर्न र स्वास्थ्यकर्मीलाई तयारी अवस्थामा रहन निर्देशन दिइएको छ।’
मन्त्रालयले सीमा नाकाहरुमा कोभिड १९ को परीक्षणलाई थप सशक्त बनाउने तथा पोजेटिभ केसहरुलाई आइसोलेसनमा राख्ने व्यवस्था गरिएको जनाएको छ।
नेपालमा एस जिन स्क्रिनिङ वीर अस्पताल, निजामती कर्मचारी अस्पताल, वीरेन्द्र सैनिक अस्पताल, त्रिवि शिक्षण अस्पताल, प्रदेश जनस्वास्थ्य प्रयोगशाला नं २ भेरी अस्पतालमा सञ्चालनमा रहेको मन्त्रालयले जनाएको छ।
‘नेपालमा हालसम्म उपलब्ध तथ्याङ्कहरुलाई आधार मान्ने हो भने नेपालमा पनि ओमोक्रनका कारणले अत्यधिक मात्रामा कोभिड १९ का केसहरु बढ्न सक्ने सम्भावना रहेकाले सबैले थप सजगता अपनाउनुपर्ने देखिन्छ,’ मन्त्रालयले भनेको छ।

प्रकाशित मिति: पुष २३ २०७८, शुक्रबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend