धरानः शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले देशभरका विद्यालय माघ १५ गतेसम्म बन्द गर्ने निर्णय गरेको छ ।
कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सिसिएमसी) ले पछिल्लो समय कोरोना संक्रमण बढेपछि माघ १५ गतेसम्म विद्यालय बन्द गर्ने आइतबार सिफारिस गरेपछि बन्द गर्ने निर्णय भएको मन्त्रालयका प्रवक्ता दीपक शर्माले जानकारी दिए ।
उनका अनुसार भोलि(मंगलबार)बाट माघ १५ सम्म देशभरका विद्यालय बन्द हुनेछन् ।
िशिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले आगामी माघ १५ गतेसम्म विद्यालय बन्द गर्ने सिसिएमसीको निर्णय कार्यान्वयनमा पठाउने भएको छ ।
‘हामीले अरु थप निर्णय गरिरहनुपर्दैन, सीसीएमसीको निर्णय कार्यान्वयनका लागि पठाउने हो, त्यही निर्णय भएको छ ।’