Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

ओमिक्रोन भेरियन्टः खोप नलगाएकाको ज्यान जाने सम्भावना बढी

हाम्रो कोशी आवाज
पुष २८ २०७८, बुधबार
ओमिक्रोन भेरियन्टः खोप नलगाएकाको ज्यान जाने सम्भावना बढी

धरानः कोभिड-१९ (कोरोना भाइरस) को नयाँ भेरियन्ट ओमिक्रोनको सङ्क्रमण दर र मृत्युदर खोप लगाएकाभन्दा नलगाएका व्यक्तिमा धेरै भएको पाइएको छ ।
पछिल्लो अध्ययनअनुसार खोप लगाएकाभन्दा नलगाएकालाई ओमिक्रोन भेरियन्टको सङ्क्रमण सर्ने सम्भावना १० गुणा र सिकिस्त भएर अस्पताल भर्ना हुने सम्भावना १७ गुणा बढी भएको देखिएको सङ्क्रामक रोग विशेषज्ञ डाक्टर जनक कोइरालाले बताए ।
स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा बुधवार डाक्टर कोइरालाले ओमिक्रोन सङ्क्रमणबाट खोप लगाएका व्यक्तिभन्दा नलगाएका व्यक्तिको ज्यान जाने सम्भावना २० गुणा बढी रहेको बताए ।
ओमिक्रोन भेरियन्ट यसअघि फैलिएको डेल्टा भेरियन्टभन्दा अत्यधिक सङ्क्रामक भएकाले जनस्वास्थ्यका मापदण्ड कडाइका साथ पालना गर्नुपर्नेमा उनले जोड दिए । डेल्टाको सङ्क्रमणलेजस्तो मृत्यु गराउने नभए पनि एकदम छिटो धेरै जनसंख्यालाई सङ्क्रमण गराउने भएकाले यसले ठूलो क्षति गराउन सक्ने सम्भावना रहेको डाक्टर कोइरालाको भनाइ छ ।
ओमिक्रोनले फोक्सोमा भन्दा घाँटी, नाक, श्वासनलीमा सङ्क्रमण गराउने उनले बताए । डेल्टा भेरियन्टले सिधै छातीमा निमोनिया गराउने गरेकोमा ओमिक्रोन भेरियन्टले फोक्सोमा सङ्क्रमण तथा निमोनिया गराएको नदेखिएको डाक्टर कोइरालाले बताए ।

प्रकाशित मिति: पुष २८ २०७८, बुधबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend