धरानः स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाले अब लकडाउन होला कि भनेर नआत्तिन सुझाएका छन् ।
उनले अनावश्यक लकडाउन गर्ने पक्षमा सरकार नरहेको पनि स्पष्ट पारेका छन् । बिहीबार कीर्तिपुर अस्पतालमा आयोजित कार्यक्रमपछि बोल्दै उनले सरकार स्वास्थ्य क्षेत्रमा विशेष तयारीका साथ काम गरिरहेकोले लकडाउन हुन्छ भनेर आत्तिनु नपर्ने बताए ।
उनले अब आवश्यक ठाउँ हेरेर मात्रै लकडाउन गरिने बताए ।उनले यसअघिका लकडाउनले देशको आर्थिक, सामाजिक र शैक्षिक क्षेत्रमा धेरै असर गरेको भन्दै अब लकडाउन नै समाधान हो भन्ने किसिमबाट सरकार नजाने बताए ।