Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

प्रदेश २ को नाम मधेश, स्थायी राजधानी जनकपुरधाम

हाम्रो कोशी आवाज
माघ ३ २०७८, सोमबार
प्रदेश २ को नाम मधेश, स्थायी राजधानी जनकपुरधाम

धरानः प्रदेश २ को स्थायी राजधानी जनकपुरधाम कायम भएको छ।
सोमबार प्रदेश सभामा भएको मतदानमा सो प्रस्तावमाथि दुई तिहाई मतले जनकपुरधाम राजधानी कायम गर्ने निर्णय गरेको हो।
प्रदेश सभामा कायम १०४ मध्ये ९८ सांसदले मतदान गरेका थिए, जसमा ७९ मत जनकपुरधामको पक्षमा खसेकाे छ।
दुई तिहाई मतले निर्णय गरेसँगै सभामुख सरोज यादवले प्रदेशको स्थायी राजधानी जनकपुरधाम भएको घोषणा गरेका छन्।
‘जनकपुरधाम’ लाई स्थायी राजधानी बनाउनुपर्ने सबै दलको संयुक्त प्रस्ताव हो।
उत्तरमा धनुषा ढल्केबरको पूर्वपश्चिम लोकमार्ग, पूर्वमा कमला नदी, दक्षिणमा नेपाल–भारत सीमा र पश्चिममा मिथिला माध्यमिक परिक्रमा क्षेत्र रहेको जनकपुरधाम अब प्रदेश २ काे राजधानी कायम भएको हो।

यस्तै, प्रदेश २ को नाम अब मधेस प्रदेस भएको छ । आज प्रदेशसभा सचिवालयमा भएको मतदानबाट प्रदेशको नाम टुँगो लागेको हो ।
मतदानमा प्रदेशको नाम मधेसको पक्षमा ८० जना सांसदले मतदान गरेका छन् । यो दुई तिहाइभन्दा बढी हो । हाल प्रदेशसभामा १०४ जना सदस्य छन् । जसमध्ये मतदानमा ९९ जना सहभागी भएका थिए ।

प्रकाशित मिति: माघ ३ २०७८, सोमबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend