Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

‘ओमिक्रोनले गम्भीर बिरामी बनाउने सम्भावना कम देखिनुलाई जीतका रुपमा नबुझौं’

हाम्रो कोशी आवाज
माघ ५ २०७८, बुधबार
‘ओमिक्रोनले गम्भीर बिरामी बनाउने सम्भावना कम देखिनुलाई जीतका रुपमा नबुझौं’

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का महानिर्देशक डा टेडरोज आध्यनोमले कोरोना भाइरसको महामारी निकट भविष्यमा अन्त्य हुने सम्भावना नरहेको चेतावनी दिएका छन्। उनले विश्वका नेताहरुलाई चेतावनी दिँदै महामारी अहिले नै सकिने सम्भावना नरहेको भन्दै सक्रिय भएर महामारीविरुद्ध लाग्न आग्रह गरेका हुन्।

कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनले तुलनात्मक रुपमा गम्भीर बिरामी बनाउने सम्भावना कम देखिनुलाई भाइरसमाथिको जीतका रुपमा बुझ्न नहुने उनले बताएका छन्। पछिल्लो समय युरोपका विभिन्न देशमा ठूलो संख्यामा संक्रमित थपिइरहेका छन्। मंगलबार फ्रान्समा करिब पाँच लाख नयाँ संक्रमित थपिएका थिए।

डब्लुएचओको जेनेभास्थित हेडक्वार्टरमा भएको पत्रकार सम्मेलनमा डा टेडरोजले गएको हप्ता विश्वभर ओमिक्रोन भेरियन्टबाट संक्रमित हुनेको संख्या एक करोड ८० लाख रहेको बताए। ओमिक्रोनका कारण अस्पताल भर्ना हुने र कतिपय अवस्थामा मृत्यु पनि हुने गरेकाले कुनै पनि गल्ती नगर्न उनले आग्रह गरेका छन्। ओमिक्रोन भेरियन्ट अहिले तीव्र गतिमा फैलिरहँदा नयाँ भेरियन्ट आउन सक्ने चेतावनी पनि डब्लुएचओ प्रमुखले दिएका छन्।

महामारी नियन्त्रणमा लिनका लागि सावधानी अपनाउनेसँगै खोप अभियानलाई तीव्र पार्नुपर्ने र धनी देशले खोप नपाएका गरिब देशलाई सहयोग गर्नुपर्ने डब्लुएचओले बताएको छ।

प्रकाशित मिति: माघ ५ २०७८, बुधबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend