Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

नयाँ अध्ययनः कोरोना खोपभन्दा प्राकृतिक प्रतिरोधात्मक क्षमता बढी शक्तिशाली

हाम्रो कोशी आवाज
माघ ८ २०७८, शनिबार
नयाँ अध्ययनः कोरोना खोपभन्दा प्राकृतिक प्रतिरोधात्मक क्षमता बढी शक्तिशाली

धरानः विश्वभर धेरै कोरोनाविरुद्धका भ्याक्सिन आविष्कार भएका छन्। तर, कोभिड-१९ विरुद्ध लड्न खोपभन्दा प्राकृतिक प्रतिरोधात्मक क्षमता बढी शक्तिशाली भएको नयाँ अनुसन्धानमा दाबी गरिएको छ।

अनुसन्धानले अमेरिकामा डेल्टा भेरियन्टबाट आएको कोरोनाको लहरको समयमा खोप नलिएको र कोरोना संक्रमित भएकाहरू खोप पाएका र यसअघि संक्रमित नभएका व्यक्तिहरूभन्दा धेरै सुरक्षित रहेको देखाएको छ।

यस्तो अवस्थामा कोरोनाबाट निको भएर शरीरमा बन्ने प्राकृतिक प्रतिरक्षा (प्राकृतिक प्रतिरोधात्मक क्षमता) कोरोना भ्याक्सिनभन्दा राम्रो हुन्छ भन्ने बहसले थप बल पाएको छ। यद्यपि, अनुसन्धानका लेखकहरूले खोप नपाएकाहरू अस्पतालमा भर्ना हुने, दीर्घकालीन असर पर्ने र मृत्युको जोखिम खोप पाएकाहरूभन्दा बढी हुने चेतावनी दिएका छन्।

युएस सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सन (सिडिसी) ले एक विज्ञप्तिमा भनेको छ, ‘भाइरसहरू निरन्तर परिवर्तन भइरहेका छन्, जसमा कोभिड-१९ निम्त्याउने भाइरस पनि समावेश छ। खोपद्वारा प्राप्त सुरक्षाको स्तर र संक्रमण पछि प्राप्त सुरक्षाको स्तरमा अनुसन्धानको अवधिमा परिवर्तनहरू देखिएका छन्। यद्यपि, खोप अझै पनि कोरोनाबाट बच्नका लागि सबैभन्दा सुरक्षित रणनीति हो।’

यो विश्लेषण कोरोनाको ‘ओमिक्रोन’ भेरियन्ट आउनुअघि गरिएको थियो। ओमिक्रोन भेरियन्टले खोप र संक्रमण पछिको प्रतिरोधात्मक क्षमता दुवैलाई कमजोर बनाउँदै संक्रमण फैलायो। यो अध्ययन मे ३० देखि ३० नोभेम्बर को बीच न्युयोर्क र क्यालिफोर्नियाका बिरामीमा गरिएको थियो।

डेल्टाको प्रकोप हुनु‍अघि, खोपले संक्रमणको तुलनामा बढी प्रतिरक्षा प्रदान गर्‍यो। तर, यो अवस्था जून र जुलाईको अन्त्यमा परिवर्तन भयो, जब डेल्टाले ठूलो मात्रामा मानिसहरुमा संक्रमण फैलाउन थाल्यो। अक्टोबरको सुरुमा यो देखियो कि, खोप लगाएका व्यक्तिहरू जो पहिले कोरोना संक्रमित थिएनन् तिनीहरूमा खोप नलगाएका र कोरोना संक्रमण पनि नभएकाहरुको तुलनामा संक्रमणदर कम थियो।

प्रकाशित मिति: माघ ८ २०७८, शनिबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend