धरानः भारतमा लगातार तेस्रोदिन कोरोनाका नयाँ सङ्क्रमितको संख्यामा कमी देखिएको छ ।
भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयका अनुसार ३ लाख ९ हजार ३ सय ३९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यस बीचमा २ लाख ४८ हजार २ सय २० जना संक्रमित निको भएका छन् । पछिल्लो २४ घन्टामा थप ५०७ जना सङ्क्रमितले ज्यान गुमाएका छन् ।
यसअघि शुक्रबार ३ लाख ३७ हजार जनामा सङ्क्रमण पुष्टि भएको थियो। यस्तै शुक्रबार भारतमा ४ सय ८६ जनाले ज्यान गुमाएका थिए । त्यसअघि बिहीबार ३ लाख ४७ हजार नयाँ सङ्क्रमित भेटिँदा ७०३ जनाले ज्यान गुमाएका थिए ।
यद्यपी हाल भारतमा २१ लाख ६६ हजार ९९९ सक्रिय संक्रमित उपचार गराइरहेका छन् ।तेस्रो लहर सुरू भएसँगै भारतमा पहिलो पटक सक्रिय सङ्क्रमितको संख्या २१ लाख नाघेको हो । गत ३१ डिसेम्बरमा सक्रिय सङ्क्रमित १ लाख रहेको भारतमा २२ दिनमै यो सङ्ख्या २१ गुणाले बढेको हो । –एजेन्सी