धरानः विश्व स्वास्थ्य संगठनका युरोप निर्देशक डा. हान्स क्लुगलले कोरोना भाइरसको अन्त्य छिट्टै हुने दावी गरेका छन् ।
नयाँ भेरियन्ट ओमिक्रोनले कोभिड–१९ महामारीलाई नयाँ चरणमा प्रवेश गरेको र अब छिट्टै नै सो महामारी अन्त्य हुने उनको दावी थियो ।
ओमिक्रोनले युरोपलाई महामारी अन्त्यको दिशातर्फ लगेको उनले अन्तर्राष्ट्रिय समाचार एजेन्सी एफपीसँग यस्तो बताएका छन् । उनले मार्चभित्रमा ओमिक्रोनबाट ६० प्रतिशत युरोपेली संक्रमित हुने बताए ।
सम्पूर्ण युरोपलाई ढाकेको ओमिक्रोन केही महिनापछि शान्त हुने उनको भनाइ छ । त्यस्तै, खोपका कारण विश्वव्यापी रुपमा मानिसहरुको रोग प्रतिरोधात्मक क्षमता बढेको उनले बताए । तर, यस वर्षको अन्त्यसम्ममा विश्व शान्त बन्ने उनको दावी छ । त्यस्तै, अमेरिकाका वरिष्ठ वैज्ञानिक एन्थोनी फाउसीले पनि कोभिड संक्रमण विस्तारै विश्वबाटै घट्दै जाने विश्वास गर्नु भएको छ ।