Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

ओमिक्रोन भाइरस जति धेरै फैलिन्छ उति नै नयाँ भेरियन्ट बन्ने जोखिम

हाम्रो कोशी आवाज
माघ १० २०७८, सोमबार
ओमिक्रोन भाइरस जति धेरै फैलिन्छ उति नै नयाँ भेरियन्ट बन्ने जोखिम

धरानः इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले विश्वभर फैलिएको कोभिड-१९ भाइरसको ओमिक्रोन भेरियन्टले नयाँ भेरियन्ट बनाउने जोखिम रहेकोले निरन्तर सावधानी अपनाउन आग्रह गरेको छ ।
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका प्रमुख कृष्णप्रसाद पौडेलले ओमिक्रोन भाइरस जति धेरै फैलिन्छ उति नै नयाँ भेरियन्ट बन्ने जोखिम रहेको बताए। ओमिक्रोनबाट उत्परिवर्तन भएर आउनसक्ने भेरियन्ट ओमिक्रोनभन्दा घातक जटिल प्रकृतिको पनि हुन सक्ने अवस्था रहेकोले निरन्तर सावधानी अपनाउन आग्रह गरे। डा. पौडेलले भाइरसमा छिटो छिटो उत्परिवर्तन अथवा आनुवांशिक परिवर्तन हुने भएकोले ओमिक्रोन कमजोर भयो डेल्टा भेरियन्टलाई बिस्थापित गर्यो भनेर ढुक्क हुन नसकिने बताए ।
विश्वव्यापीरुपमा अध्ययन गर्दा कोभिड–१९ को महामारी यतिमै सिमित रहने तथ्य स्पष्ट भइनसकेको उनले बताए । अर्को भेरियन्ट यो भन्दा कडा आएमा मात्र ओमिक्रोन विस्थापित हुने उनको भनाइ छ ।
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा प्रमुख पौडेलले अहिले ८७ हजार जना हाराहारीमा संक्रिय संक्रमित रहँदा संस्थागत आइसोलेशनमा करिब १२ सय जनामात्र रहेको र अन्य संक्रमित घरमै आइसोलेसनमा बसिरहेको बताए। हाल दैनिक २०० जना हाराहारीको संक्रमितलाई सघन उपचार कक्षमा उपचार गर्नु परेको र त्यसमध्ये ३० देखि ४० जनालाई भेन्टीलेटर आवश्यक परेको उनले जानकारी दिए।
यस्तै जनवरी महिनाको अन्तिम अर्थात माघ महिनाको मध्यमा पुग्दा संक्रमित हुने र अस्पतालको सेवा चाहिने संक्रमितको संख्या पनि धेरै बढ्ने प्रक्षेपण स्वास्थ्य मन्त्रालयले गरेको डा. पौडेलले जानकारी दिए।

प्रकाशित मिति: माघ १० २०७८, सोमबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend