Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

यी दुई लक्षण जो ओमिक्रोन संक्रमित अधिकांशलाई देखिन्छ

हाम्रो कोशी आवाज
माघ ११ २०७८, मंगलबार
यी दुई लक्षण जो ओमिक्रोन संक्रमित अधिकांशलाई देखिन्छ

धरान (एजेन्सी): ओमिक्रोन भेरियन्ट कोभिड-१९ को डेल्टा भेरियन्टभन्दा छिटो फैलिरहेको छ। तर, हालसम्म भएका विभिन्न अध्ययनका आधारमा डेल्टाको तुलनामा ओमिक्रोनमा अस्पताल भर्ना र मृत्युको जोखिम निकै कम रहेको बताइएको छ। तर पनि ओमिक्रोन संक्रमणबाट बच्नु नै बुद्धिमानी हो। किनकि, यो डेल्टाभन्दा चार गुणा छिटो फैलन्छ। ओमिक्रोनका लक्षणहरू रुघाखोकी जस्तै हुन्छन्।
सुरुमा भएका केही अध्ययनबाट यो पुष्टि भइसकेको छ कि यो भेरियन्ट अन्यभन्दा हल्का छ। हल्का ज्वरो आउने, घाँटी दुख्ने, शरीरमा अत्याधिक दुखाइ, राति पसिना आउने, बान्ता हुने र भोक नलाग्ने जस्ता लक्षणहरूले शरीरमा ओमिक्रोनको उपस्थितिलाई संकेत गर्न सक्छ।
विभिन्न अध्ययन र अनुसन्धानका आधारमा ओमिक्रोनका नयाँनयाँ लक्षणहरु बाहिर आइरहेका छन्। अध्ययनहरुको नतिजाका आधारमा यस्ता दुई लक्षणहरु सार्वजनिक भएका छन्, जुन धेरैजसो मानिसमा देखिएको छ।
यी दुई लक्षण देखिए हुनुस् सावधान
‘द सन’मा प्रकाशित अध्ययनका अनुसार ओमिक्रोनका दुई लक्षणहरूमा नाकबाट पातलो पानी आउने र टाउको दुख्ने समावेश छ, जुन सबैभन्दा बढीमा देखिएको छ। युनिभर्सिटी कलेज लन्डनका इपिडिमियोलोजी र हेल्थ इन्फर्मेटिक्सका प्राध्यापक इरेन पीटरसनका अनुसार
नाकबाट पानी आउनु र टाउको दुख्नु अन्य धेरै संक्रमणका लक्षणहरू हुन्, तर तिनीहरू कोभिड-१९ वा ओमिक्रोनका लक्षणहरू पनि हुन सक्छन्। यदि कसैलाई यी दुई लक्षण देखिएमा उसले आफ्नो कोभिड परीक्षण गराउनु पर्ने उनी बताउँछन्।
केही समयअघि दक्षिण अफ्रिकाको मेडिकल एसोसिएसनका अध्यक्ष र दक्षिण अफ्रिकामा ओमिक्रोन भेरियन्ट पहिचान गर्ने पहिलो व्यक्ति डा. एन्जेलिक कोएटजीले भनेका थिए कि, ‘ओमिक्रोनबाट संक्रमित बिरामीमा गन्ध थाहा नहुने वा स्वाद नमिल्ने कुनै लक्षण देखिएको थिएन। यसबाहेक, ओमिक्रोन संक्रमित बिरामीहरूमा नाक बन्द हुने र धेरै ज्वरो आउने कुनै केस देखिएन, जुन डेल्टाका मुख्य लक्षणहरू थिए। त्यसैले ओमिक्रोन र डेल्टाबीच ठूलो भिन्नता हुन सक्छ।’
ओमिक्रोनका लक्षण
बेलायतको ‘जेडओइ’ एप जसमा ओमिक्रोन संक्रमितले लक्षणका बारेमा बताएका हुन्छन् त्यसमा राति पसिना आउनु, भोक नलाग्नु र बान्ता हुनु पनि ओमिक्रोनका लक्षण भएको बताइएको छ। एक्सपर्टका अनुसार, ओमिक्रोनका लक्षणमा – हाछ्युँउ आउनु, नाकबाट पानी बग्नु, लगातार खोकी लाग्नु, टाउको दुख्नु, घाँटी दुख्नु, थकान महसुस हुनु, स्वर सुक्नु, जाडो लाग्नु, रिङ्गटा आउनु, ज्वरो आउनु, बास्ना थाहा नहुनु, आँखा दुख्नु, छाती दुख्नु, भोक नलाग्नु, मांसपेशी दुख्नु, ग्रन्थीहरु सुन्नीनु, कमजोरी हुनु, छाला सुक्खा हुनुलगायत छन्।
यदि तपाईंलाई माथिका कुनै पनि लक्षण देखिए त्यसलाई सामान्य चिसो वा फ्लूको रूपमा नलिनुस्। बरु, आफ्नो कोभिड परीक्षण गराउनुहोस् र रिपोर्ट नआएसम्म घरका मानिसहरूबाट टाढा बस्नुहोस् र आफैंलाई क्वारेन्टाइन गर्नुहोस्।
लक्षणहरूमा पनि ध्यान दिनुहोस्। घरमा सधैं मास्क लगाएर बस्नुहोस्। अरूको सम्पर्कमा नआउनुहोस्। ताकि अन्य व्यक्तिमा संक्रमणको जोखिम नहोस्। अहिलेको समयमा ओमिक्रोनबाट बच्नको लागि खोप सबैभन्दा प्रभावकारी उपाय भएको विज्ञहरू बताउँछन्। यदि तपाईंको रिपोर्ट नेगेटिभ छ र पूर्णतया स्वस्थ हुनुहुन्छ भने अवश्य खोप लगाउनुहोस्। यदि पहिलो मात्रा लिइसक्नु भएको छ भने दोस्रो मात्रा पनि तोकिएको समयमा लिनुस्। यदि तपाईं बुस्टर डोज लगाउन योग्य हुनुहुन्छ भने त्यो पनि लगाउनुस्।

प्रकाशित मिति: माघ ११ २०७८, मंगलबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend