Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

नेपालको जनसंख्या दुई करोड ९१ लाख ९२ हजार

हाम्रो कोशी आवाज
माघ १२ २०७८, बुधबार
नेपालको जनसंख्या दुई करोड ९१ लाख ९२ हजार

धरानः नेपालको कुल जनसंख्या दुई करोड ९१ लाख ९२ हजार ४८० पुगेको छ ।
यो वर्ष २०७८ मा सम्पन्न गरिएको जनगणनाले नेपालका कुल जनसंख्या २ करोड ९१ लाख ९२ हजार पुगेको तथ्यांक विभागले बताएको छ ।
बुधबार केन्द्रीय तथ्यांक विभागले २०७८ को जनगणनाको प्रारम्भिक विवरण सार्वजनिक गर्दै यस्तो जानकारी दिएको हो ।
सार्वजनिक विवरणानुसार महिलाको जनसंख्या एक करोड ४९ लाख एक हजार १६९ र पुरुषको जनसंख्या एक करोड ४२ लाख ९१ हजार ३११ रहेको छ । जनसंख्याको वार्षिक वृद्धिदर ०.९३ रहेको विभागले जनाएको छ ।  जसमा महिलाको संख्या पुरूषभन्दा ६ लाख बढी रहेको प्रारम्भिक परिणाममा देखिएको छ।
पुरुषको संख्या महिलाको तुलनामा कम छ । ६८ सालको असार महिनामा नेपालको जनसंख्या २ करोड ६४ लाख ९४ हजार ५०४ थियो । यो १० वर्षमा नेपालको जनसंख्या २७ लाखले बढेको छ । यो १० प्रतिशतभन्दा बढी हो ।
विभागले यो वर्ष दुई चरण गरेर देशको जनगणना सम्पन्न गरेको थियो । यसका लागि ५० हजारभन्दा बढी जनशक्ति खटाइएको थियो ।

प्रकाशित मिति: माघ १२ २०७८, बुधबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend