Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

पहिले संक्रमित भइसकेकालाई फेरि ‘ओमिक्रोन’को संक्रमण

हाम्रो कोशी आवाज
माघ १५ २०७८, शनिबार
पहिले संक्रमित भइसकेकालाई फेरि ‘ओमिक्रोन’को संक्रमण

धरानः कोरोना भाइरस संक्रमण अहिले नेपाललगायत विश्वका अधिकांश देशमा तीव्र गतिमा फैलिरहेको छ। निकै संक्रामक मानिएको नयाँ भेरियन्ट ओमिक्रोनले विश्वमा संक्रमणको आतंक फैलाइरहेको छ।

यसबीच बेलायतमा भएको एक अध्ययनले झनै चिन्ता थपेको छ। बिबिसीका अनुसार अध्ययनमा पहिले कोभिड संक्रमण भइसकेका दुई तिहाइमा फेरि ओमिक्रोनको संक्रमण देखिएको छ।

अध्ययनमा २० लाख मानिसमा सहभागी थिए। जो पहिले कोरोना संक्रमित भइसकेका थिए। उनीहरुमध्ये दुई तिहाइमा ओमिक्रोन संक्रमण भएको पाइएको छ। अध्ययनमा आधारित बिबिसी रिपोर्टका अनुसार पुन: संक्रमणबाट सबैभन्दा बढी प्रभावित व्यक्तिहरूमा स्वास्थ्य सेवा क्षेत्रका वा एउटै छानामुनि बस्ने मानिस र बालबालिका छन्।

अध्ययनमा सहभागी भएर पोजेटिभ देखिएका कतिजनाले पूर्णमात्राको खोप लगाएका थिए भन्ने बारे भने खुल्न सकेको छैन। खोपको दुई मात्राले ओमिक्रोन संक्रमण नहुने सम्भावना न्यून भए पनि यसले गम्भीर हुनबाट बचाउने बताइएको छ। त्यसैले अहिले अधिकांश देशहरुमा बुस्टर डोज लगाउन सुरु गरिएको छ।

प्रकाशित मिति: माघ १५ २०७८, शनिबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend