Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

स्थानीय तहको चुनाव जेठभित्र गर्ने निर्णय

हाम्रो कोशी आवाज
माघ १५ २०७८, शनिबार
स्थानीय तहको चुनाव जेठभित्र गर्ने निर्णय

धरानः सत्ता गठबन्धनमा आबद्ध पाँच दलका नेताहरू आउँदो जेठभित्रै स्थानीय तहको निर्वाचन गर्ने निष्कर्षमा पुगेका छन् । आज अपराह्न प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकमा नेताहरू यस्तो निष्कर्षमा पुगेका हुन् ।
उच्चस्तरीय राजनीतिक समितिको बैठकले जेठभित्रै स्थानीय तहको निर्वाचन सम्पन्न गर्न सरकारलाई सुझाव दिएको सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए । संविधानसँग बाझिएका कानुनहरू संशोधन गर्नुपर्ने भएको त्यसको तयारी गर्न पनि सरकारलाई सुझाव दिइएको उनले बताए ।
स्थानीय तहको चुनावको मिति विवाद भएपछि त्यसबारे निर्णय गर्न गठबन्धनले दुई चरणमा छलफल गरेको थियो ।

प्रकाशित मिति: माघ १५ २०७८, शनिबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend