Hamro Koshi Aawaj

सोमबार, कार्तिक १६ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

कोरोना सङ्क्रमणको दर ओरालो लाग्दै, के हो कारण ?

हाम्रो कोशी आवाज
माघ १७ २०७८, सोमबार
कोरोना सङ्क्रमणको दर ओरालो लाग्दै, के हो कारण ?

धरानः नेपालमा पछिल्लो समय कोरोना सङ्क्रमणको दर ओरालो लाग्न थालेको छ । सरकारले सार्वजनिक गर्ने कोरोना सम्बन्धी अद्य्यावधिक तथ्याङ्क अनुसार पछिल्लो एक सातादेखि नेपालको सङ्क्रमण दर ओरालो लाग्दै गएको देखिन्छ ।
एक साता अघि नेपालको सङ्क्रमण दर ५६ दशमलव ७ प्रतिशत रहेकोमा यो साता सङ्क्रमण दर २६ दशमलव ९ प्रतिशतमा झरेको छ । पुसको दोस्रो साताबाट तेस्रो चरणको लहर सुरु हुँदै गर्दा नेपालमा हालहम्मकै धेरै १२ हजारभन्दा बढीमा कोरोना सङ्क्रमण पुष्टि भयो ।
नेपालमा काेराेना सङ्क्रमणको दर बढ्नुको मुख्य कारण भारतसँगको खुला सीमानाका हो ।
कोरोनाको दुई चरणको लहरलाई हेर्ने हो भने भारतमा कोरोना सङ्क्रमण तीव्र बनेको एकदेखि दुई सातामै नेपालमा सङ्क्रमण दर बढेर जान्छ । सोही अनुसार यसपटक पनि नेपालमा कोरोनाको तेस्रो चरणको लहर सुरु भयो ।
पछिल्लो समय कोरोनाको ओमिक्रोन भेरिएन्टका कारण सङ्क्रमण तीव्र गतिमा फैलिएका कारण सङ्क्रमणमा वृद्धि भएको छ । जसका कारण नेपाल मात्रै नभइ विश्वभर सङ्क्रमण दरले रेकर्ड कायम गर्दै आएको छ । तर, गएको एक साता यता नेपालमा सङ्क्रमण दर ओरालो लाग्दै गएको छ ।
साथै सुरुवाति क्रममा मानिसहरु विदेश जाने क्रम पनि हुँदा सङ्क्रमण दर बढेको हुन सक्ने जानकारहरु बताउँछन् । सङ्क्रामक रोग एवं छातिरोग विषेशज्ञ डा. निरज बम, नेपालमा कोरोनाको सङ्क्रमण दर ओरालो लाग्नुको कारण भारतमा सङ्क्रमण दर स्थिर रहनुलाई मान्छन् ।
उनी भन्छन्, ‘भारतमा पछिल्लो एक सातादेखि सङ्क्रमण दर स्थिर छ । जसका कारण नेपालमा पनि सङ्क्रमण दर घट्दै गएको छ । नेपालको हालसम्मको अवस्था हेर्ने हो भने भारतमा सङ्क्रमण दर स्थिर हुँदा नेपालमा पनि सङ्क्रमण दर घट्न थाल्छ ।’ सरकारले कोरोना सङ्क्रमणको जोखिमलाई ध्यानमा राखेर गरेको कडाई र मानिसहरुमा पनि सचेतना भइसकेकाले सङ्क्रमण दर घट्न थालेको उनको भनाइ छ । डा. बमले हालसम्मको कोरोनाको दुई चरणको लहरलाई हेर्ने हो भने बढीमा डेढदेखि दुई महिनासम्म सङ्क्रमण उच्च हुने र त्यसपछि विस्तारै सङ्क्रमण दर घट्दै जाने बताए । सरकारले सार्वजनिक गरेको विवरणमा पनि सङ्क्रमण दर घट्दै गएको देखिन्छ।

प्रकाशित मिति: माघ १७ २०७८, सोमबार

प्रतिक्रिया दिनुहोस्

  • रक्सीसँग सितन

    हामीकहाँ एउटा भ्रम व्याप्त छ, ‘रक्सीसँग सितन टन्न खानुपर्छ, धेरै हानि गर्दैन ।’ उनीहरुको बुझाइ के हो भने सितन (स्न्याक्स) खाएपछि रक्सीको असर कम...

    • २ हप्ता अगाडी
    • ५ मिनेट पाठ
  • दशैंमा अझ सक्दो शारीरिक व्यायाम आवश्यक छ

    दशैं भन्नासाथ अझै पनि धेरैजसोले खाने, पिउने, रमाइलो गर्ने, राम्रो लगाउने भन्नेमा नै विश्वास गर्छन्। त्यही अनुसार तयारी समेत गर्छन्। पहिला–पहिला वर्षभरि मिठो परिकार...

    • २ हप्ता अगाडी
    • ४ मिनेट पाठ
  • दशैंमा मासु कति खाने ?

    चाडपर्वको बेलामा स्वास्थ्यको हेरचाह कसरी गर्ने ? चाडपर्व आएसँगै हामीले आफ्नो स्वास्थ्यलाई विशेष ख्याल गर्नुपर्ने हुन्छ। मुख्यतः खानपानमा ध्यान दिनुपर्छ। हेभी खाना खाने र चिल्लो...

    • २ हप्ता अगाडी
    • ५ मिनेट पाठ
  • गाँजाको अवैध तस्करीः चुनौतीपूर्ण बन्दै

    धरानः नेपालमा गाँजा खेतीलाई वैधानिकता दिने विषयमा नीतिगत बहस र छलफलहरू चुलिए तापनि व्यावहारिक रूपमा भने अवैध उत्पादन, प्रशोधन र तस्करी दिनानुदिन भयावह बन्दै...

    • ३ हप्ता अगाडी
    • ५ मिनेट पाठ
  • धरानको बीपी प्रतिष्ठानका प्रा.डा. सञ्जीवकुमार शर्मा विश्वका प्रभावशाली वैज्ञानिकको सूचीमा

    धरानः धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका प्राध्यापक डा. सञ्जीवकुमार शर्मा विश्वका प्रभावशाली वैज्ञानिकहरूको सूचीमा परेका छन् । विगत २६ वर्षदेखि विभिन्न रोगमा अनुसन्धान गर्दै...

    • ३ हप्ता अगाडी
    • ४ मिनेट पाठ
  • अब भूमिहीन सुकुम्बासीलाई जग्गा बाँड्न कानुनी गाँठो फुक्यो

    धरानः भूमिहीन नागरिकको वर्षौंदेखिको समस्या समाधान गर्ने तथा विद्यमान कानुनी अवरोध हटाउने उद्देश्यका साथ राष्ट्रपति रामचन्द्र पौडेलले भूमि र वनसम्बन्धी दुई अध्यादेश जारी गरेका...

    • ३ हप्ता अगाडी
    • ५ मिनेट पाठ

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend