Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

आइतबारदेखि मात्रै मौसममा सुधार

हाम्रो कोशी आवाज
माघ २१ २०७८, शुक्रबार
आइतबारदेखि मात्रै मौसममा सुधार

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले बिहीबार रातिदेखि नै मुलुकभरको मौसममा बदली भएको छ । अहिले देशभर सामान्यदेखि पूर्ण बदली भई धेरै स्थानहरूमा मेघगर्जन/चट्याङसहित वर्षा भइरहेको हो ।
उच्च पहाडी तथा हिमाली भेगमा हिमपात र वर्षा भइरहेको मौसमविद् राजु प्रधानाङ्गले जानकारी दिए । ‘देशभर मौसम बदली भइरहेको छ भने केही क्षेत्रमा भारी वर्षा भइरहेको छ,’ उनले भने ‘सुदूरपश्चिम, कर्णाली, गण्डकी प्रदेशसहित पूर्वको उच्च पहाडी क्षेत्रमा हिमपात भइरहेको छ ।’
मौसमी प्रणालीको प्रभाव बिस्तारै पश्चिमबाट पूर्वतिर सरेको छ । ‘पश्चिमी वायुको प्रभाव बिस्तारै पूर्वतिर सर्दै जान्छ । आज बागमती प्रदेश र प्रदेश-१ का उच्च पहाडी तथा हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना छ । उपत्यकामा आज रातिदेखि वर्षा हुन्छ भने तराईका अधिकांश स्थानमा मेघ गर्जनसहित हल्कादेखि मध्यम वर्षा हुन्छ’ मौसमविद् प्रधानाङ्गले भने ।
वर्षा र हिमपातको क्रम शनिबार दिनभर रहने उनले बताए । आज देशभर सबैजसो क्षेत्रमा हल्का वर्षाको सम्भावना छ भने गण्डकी र लुम्बिनीका केही स्थानमा भने भारी वर्षाको सम्भावना रहेको महाशाखाको भनाइ छ । शनिबार पनि गण्डकी, बागमती र प्रदेश-१ का उच्च पहाडी तथा हिमाली क्षेत्रका केही स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना छ । आइतबारदेखि भने मौसममा सुधार हुँदै जाने मौसमविद् प्रधानाङ्गले बताए ।

प्रकाशित मिति: माघ २१ २०७८, शुक्रबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend