Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

वैशाख ३० गते एकैचरणमा स्थानीय तहकाे चुनाव गर्ने सरकारकाे निर्णय

हाम्रो कोशी आवाज
माघ २४ २०७८, सोमबार
वैशाख ३० गते एकैचरणमा स्थानीय तहकाे चुनाव गर्ने सरकारकाे निर्णय

धरानः सरकारले अगामी बैशाख ३० गते स्थानीय तहको निर्वाचन गर्ने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले स्थानीय तहको निर्वाचन बैशाख ३० गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए ।
सरकारले एकै चरणमा स्थानीय तहको निर्वाचन गर्ने निर्णय गरेको हो ।
स्थानीय तहका पदाधिकारीको ५ वर्षे पदावधी आगामी जेठ ५ गते समाप्त हुने भएकाले उक्त समय भन्दा अगाडी नै स्थानीय तहको निर्वाचन मिति तोक्न निर्वाचन आयोगले सरकारलाई सिफारिस गरेको थियो ।
आईतबार प्रधानमन्त्री शेरबहादुर देउवा र कानून मन्त्री दिलेन्द्र बडुले निर्वाचन आयोगसँगको परामर्शमा बैशाख ३० गते निर्वाचनको मिति तोक्ने तय गरेको थियो ।
आइतबार सत्तापक्षका नेताहरुको प्रमुख प्रतिपक्ष दलका नेता केपी शर्मा ओलीसँग छफफलमा पनि स्थानीय तहको निर्वाचन बैशाख ३० गते गर्ने सहमती बनेको थियो ।

प्रकाशित मिति: माघ २४ २०७८, सोमबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend