Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

वैदेशिक रोजगारमा ठगी, ६ महिनामा १६ करोड ८५ लाख उठाइदिन उजुरी

हाम्रो कोशी आवाज
माघ २६ २०७८, बुधबार
वैदेशिक रोजगारमा ठगी, ६ महिनामा १६ करोड ८५ लाख उठाइदिन उजुरी

धरानः वैदेशिक रोजगार विभागमा व्यक्तिगत ठगीका २९० वटा उजुरी परेका छन् । चालु आर्थिक वर्षको हालसम्म २९० जनाले १६ करोड ८५ लाख ६२ हजार ४६० रुपैयाँ बराबरको माग दावी सहित विभागमा उजुरी दिएका हुन् ।

त्यस्तै संस्थागत तर्फका १२३ वटा ठगीको उजुरी परेका छन् । विभागका अनुसार साउन महिनादेखि माघ महिनासम्म वैदेशिक रोजगारीबाट ठगीएका ५ करोड ३१ लाख रुपैयाँ माग दावी सहित १२३ वटा उजुरी परेको हो ।

गत वर्ष विभागमा ३४ करोड ५ लाख ८७ हजार ८९१ रुपैयाँ दावी सहितको व्यक्तिले ठगी गरेका ४३१ वटा उजुरी दर्ता भएका थिए । जसमा यस वर्षका ५ करोड ६१ लाख ३८ हजार रुपैयाँ विगो दावी सहितको ३३ वटा मुद्दा अदालतमा दायर भएका छन् । गत वर्षको सोही अवधिमा १७ करोड ९२ लाख ५२ हजार रुपैयाँ विगो दावी सहितको १०५ वटा मुद्दा अदालतमा दायर भएका थिए ।

संस्थागत तर्फ परेको १२३ वटा उजुरी मध्ये २ करोड २४ लाख ३ हजार रुपैयाँ बराबरका क्षतिपूर्ति पाएका छन् भने व्यक्तिगत उजुरी परेको १६ करोड ८५ लाख ३२ हजार रुपैयाँमध्ये ४ करोड ५८ लाख ९२ हजार रुपैयाँ पीडितले पाएका छन् ।

विभागका अनुसार व्यक्तिगत उजुरी परेकामध्ये प्रहरी मार्फत पक्राउ पर्नेको संख्या ६१ रहेको छ भने ५७ वटा उजुरीको मिलापत्र भएको छ । वैदेशिक रोजगारीका लागि खाडी मुलुक र अन्य देशहरुमा जाने नेपालीहरु ठगीने र अलपत्र पर्ने गरेको विभागले जनाएको छ । त्यसमा पनि धेरै जसो भिजिट भिसामा गएका नेपालीहरु अलपत्र पर्ने गरेको वैदेशिक रोजगार विभागका निर्देशक कृष्णप्रसाद भुसाल बताउँछन् ।

उनी भन्छन्, ‘वैदेशिक रोजगारीमा गएका धेरै नेपालीहरु ठगीएर अलपत्र पर्ने गरेका छन् । तर नेपालबाट श्रम स्वीकृति लिएर गएकाहरु केही मात्रामा मात्र ठगीएका छन् भने धेरैजसो भिजिट भिसामा गएर काम गर्न खोज्नेहरु अलपत्र पर्ने गरेका छन् ।’

चालू आर्थिक वर्षको ६ महिनासम्ममा १ लाख ६० हजारभन्दा बढी नेपालीहरु वैदेशिक रोजगारीमा गएको भुसालले बताए । उनले भने, ‘ वर्षेनी लाखौ नेपालीहरु वैदेशिक रोजगारीमा गइरहेका छन् । चालु आवको पुस मसान्त सम्ममा १ लाख ६० हजारभन्दा बढी नेपालीहरु वैदेशिक रोजगारीमा गएका छन् ।’

साथै कोरोना महामारीको समयमा ३ लाख १० हजार नेपालीहरुले पूर्व श्रम स्वीकृत लिएका थिए भने १ लाख ५१ हजार जनाले अन्तिम स्वीकृति लिएको उनले जानकारी दिए । उनको राम्रो गन्तव्य मेलेसिया अझै खुलाएको छैन । खाडी मुलुकको मलेसिया बाहेक अन्य सबै देशहरुका कामदारहरु गइरहेको उनले जानकारी दिए ।

यी बाहेक अन्य युरोपियन मुलकहरुमा पनि श्रम स्वीकृति लिएर नेपालीहरु गएइहेको उनले बताए । उनले भने, ‘खाडी मुलुक बाहेक बाहेक अन्य युरोपियन मुल्क क्रोयसिया, रोमानिया, पोर्चुगल जस्ता मुलकहरुमा पनि श्रम स्वीकृति लिएर नेपालीहरु गएरहेका छन् । तर, कलिपयले भिसा र श्रम स्वीकृति बिना नै युरोपियन मुलुकहरुमा झुक्याएर लगेकाले उजुरी भने आउने गरेको छ ।’

वैदेशिक रोजगारीका लागि जाने धेरैजसो नेपालीहरु नबुझि जाने भएकाले ठगीने गरेको उनले सुनाए । उनले भने, ‘धेरैजसो वैदेशिक रोजगारीका लागि खाडी मुलुक र अन्य देशहरुमा जाने गरेका छन् । उनीहरुले व्यक्तिगत र कामको बारेमा नबुझि जाँदा ठगीने गर्छन् ।’

उनका अनुसार भिजिट भिसामा गएर अलपत्र परेकाहरुको आप्mनै ढंगले पहल गर्ने गरेका छन् । उनले भने, ‘हामीसँग सम्पर्क नभइ गएका कारण अलि समस्या हुने गर्छ तर यसका साथै सरकारले पनि समन्वय गरिरहेको छ । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा पनि पहल गर्ने काम भइरहेको छ ।

भिजिट भिसामा गएर अलपत्र परेकाहरुको अवस्थामा कस्तो छन् भन्ने जानकारी पाउन पनि गाह्रो हुने गरेको उनी बताउँछन् । उनी भन्छन्, ‘उनीहरु घुम्न जाने भनेर काम गर्न जान्छन् । अनि अलपत्र पर्ने गरेका छन् । हामीसँग जानकारी बिना नै जाने भएकाले उनीहरु कस्तो अवस्थामा छन् भन्ने जानकारी पाउन पनि गाह्रो हुन्छ ।’

प्रकाशित मिति: माघ २६ २०७८, बुधबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend