Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

आयो रुक्साना लिम्बू र राजेशपायल राईको ‘चोरी भो’

हाम्रो कोशी आवाज
फाल्गुन २ २०७८, सोमबार
आयो रुक्साना लिम्बू र राजेशपायल राईको ‘चोरी भो’

धरानः पेमा देचेन तामाङपछि आफ्नो वाचाअनुरुप भ्वाइस अफ किड्स प्रतियोगिताको सेमीफाइनलसम्म पुगेकी अर्की गायिका रुक्साना लिम्बूसँग गायक राजेशपायल राईले ‘चोरी भो’ बोलको युगल गीत रेकर्ड गराएर स्टुडियो भिडियो सार्वजनिक गरेका छन् ।
गायक राजेशपायलको आफ्नै संगीत तथा प्रख्यात कवि तथा गीतकार राजन मुकारुङको शब्द रहेको ‘चोरी भो’ गीतलाई यसअघि यही टिमले द भ्वाइसकी मेलिना मैनालीसँग रेकर्ड गरी तयार गरिएको चर्चित गीत ‘चोरी भो’ को दोस्रो भागको रुपमा तयार गरेको हो ।
स्टुडियो किङमा रेकर्ड गरिएको गीत राजु कार्कीको सङ्गीत संयोजनमा तयार भएको हो । गत शुक्रबार राजेशपायलको अफिसियल युट्युब च्यानलबाट रिलिज गरिएको गीत कतारसँगै नेपालमा पनि ट्रेन्डिङमा उक्लिरहेको छ । आफूले गीत ट्रेन्डिङ र भ्यूजको लागि नभई राम्रा प्रतिभाहरु र राम्रा गीत–सङ्गीत ल्याउने सानो प्रयासमात्र गरिरहेको बताउँदै गायक तथा सङ्गीतकार राई श्रोता–दर्शकहरुले गीत–सङ्गीत मन पराएपछि आफै भ्यूज र ट्रेन्डिङको भींडमा पस्ने बतए ।
राजेशपायल म्युजिक एकेडेमीको निर्माणमा यस्तै अन्य प्रतिभाहरु ल्याउने दृढता राजेशपायलले व्यक्त गरे । गायक राईको रुक्सानासँगै अरु गीतहरु पनि आउने र भ्वाइस अफ किड्सको फाइनल राउण्डमा पुगेकी अर्की गायिका मिन्छामा राईसँग पनि नयाँ गीत आउने तयारी रहेको उनले जानकारी दिए ।

प्रकाशित मिति: फाल्गुन २ २०७८, सोमबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend