Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

हल्का गर्मी बढ्यो

हाम्रो कोशी आवाज
फाल्गुन ४ २०७८, बुधबार
हल्का गर्मी बढ्यो

धरानः जाडोयामको अन्तिमतिर आएसँगै चिसो कम हुन थालेको छ । बिहान र बेलुका केही चिसो भए पनि दिउँस गर्मी छ ।
केही दिन यता मौसम पनि सफा नै रहेकाले अधिकतम र न्युनतम तापक्रम बढेको छ । यसले गर्दा चिसो घट्दै गएको छ । विराटनगर, सिमरा, जनकपुर र धनगढीको अधिकतम तापक्रम २५ डिग्री सेल्सियस भन्दा माथि पुगिसकेको छ भने नेपालगन्जको २४ दशमलव ६, भैरहवाको २४ दशमलव ३, वीरेन्द्रनगरको २३ र काठमाण्डौको अधिकतम तापक्रम १९ दशमलव ५ डिग्री सेल्सियस पुगेको छ । काठमाण्डौ उपत्यकासहित देशका धेरै ठाउँमा घाम लाग्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाकाअनुसार पहाडी क्षेत्रका एक दुई ठाउँमा भने हल्का वर्षाको सम्भावना छ ।

प्रकाशित मिति: फाल्गुन ४ २०७८, बुधबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend